Rashtriya Dainik

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा मातहत प्रहरी प्रमुखहरुलाई निर्देशन

कपिलवस्तु, चैत ३
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको छ । उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक महेश बिक्रम शाही, प्रहरी निरीक्षक गोपाल रायमाझी, प्रहरी नायब निरीक्षक डोल बहादुर थापा, प्रज बिक्रम दर्लामीलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवरत्न पौडेलले नगद पुरस्कार द्धारा सम्मान गरेका हुन । यसैगरी प्रहरी बरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई फागुन महिनाको उत्कृष्ट प्रहरी (एयष्अिभ इँ त्ज्भ् ःइल्त्ज्) प्रशंसा पत्र द्धारा सम्मान गरिएको हो ।
भारतीय सिमा नाकाहरुमा हुने चोरी तस्करीहरुलाई बन्देज गर्ने, सडकहरुमा सवारी दुर्घटना न्युनिकरण गर्ने, महत्वपुर्ण स्थानहरु, आम नागरिकहरुको सुरक्षा गर्न प्रहरी हरपल तत्पर रहने, प्रहरी आचारण तथा सामाजिक संजालको प्रयोग, आम नागरीकसंग गरिने ब्यवहाालाई ध्यानमा राखि प्रहरी र नागरिक बिच सुमधुर सम्बन्ध कायम राख्न्न, गाऊँ गाँउमा प्रहरी उपस्थित हुने र समसामिक बिषयहरुमा निर्देशन गरि उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।


उत्कृष्ट प्रहरी कर्मचारीले सम्मानले थप हौसला प्राप्त भएको भन्दै नागरिकको जनधनको सुरक्षा र शान्ती सुरक्षा अमनचयनका लागि आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित