आरपि उपाध्याय / नवलपरासी ,३ चैत
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको आयोजनामा सुशासनको लागि अभिमुखिकरण कार्यक्रम परासीमा शनिबार सम्पन्न भएको छ।
रामग्राम नगरपालिकाको व्यवस्थापन तथा श्री जीवन विकास परिषदको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा योग गुरु एल.पि.भानु शर्माले सुशासनको लागि अध्यात्मको माध्यमबाट नागरिकको दिनचर्या सुखद बनाउन सकिने धारणा राख्दै सेवाग्राही र सेवा प्रदाय निकायलाई अध्यात्मको शिक्षाबाट अझ बढी जिम्मेवारी र कर्तव्य बोध गराउने बलियो माध्यम रहेको जिकिर गर्नुभयो।
सो अवसरमा लुम्बिनी सभा सदस्य बैजनाथ जैसवालले योग र साधनाबाट मनभित्रको विकार हटाउनुको साथै धार्मिक शिक्षा प्रवाह हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामग्राम नगरपालिका प्रमुख धनपत यादव,प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगायतले कार्यक्रमको विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव,जिल्ला अन्तर्गतका स्थानीय निकायका प्रमुख,उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यालय प्रमुखहरूको उपस्थिति रहेकोे थियोे ।

सुशासनको लागि आयोजित एक दिने अभिमुखिकरण कार्यक्रमले सेवा प्रदाय र सेवाग्राही बिचको अन्तरसम्बन्ध अझ बढी बलियो र सुमधुर हुने विश्वास गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

