पार्वती आचार्य / कपिलवस्तु ,चैत ३
उद्योग व्यापार संघ , कपिलवस्तुद्वारा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीलाई स्वागत गरिएको छ । संघले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी शनिबार स्वागत गरेको हो । स्वागत कार्यक्रमलाई संबोधन गर्दै मन्त्री अधिकारीले उद्योग व्यापार संघ , कपिलवस्तुले बनाएका योजना र लक्ष्यहरुलाई सफल पार्नको लागि आफ्नो मन्त्रालयबाट सक्दो सहयोग हुने बताउनु भयो । संघले बनाएका योजना र लक्ष्य सहित मन्त्रालयमा आउन आग्रह गरेका हुन । राज्यको अवस्था र आर्थिक स्थिती जटिल भएको बताउँदै बिगतमा अन्दोलन गरेर ल्याएको अधिकारहरु बिगतकै कानुनमा चल्नुपर्ने भएको कारण केहि जटिलता थोपरेको बताउनु भयो ।
अब ती सबै जटिलताहरुको अन्त्य गर्दै संबिधानत नयाँ कानुनहरु निर्माण गर्दै अगाडी बढ्न जरुरी भएको मन्त्री अधिकारीले बताउनु भयो । यस्तै यस क्षेत्रका अव्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई व्यवस्थापन गर्न र उद्योग व्यवसायीहरुका समस्याहरुको समाधान गर्नका लागि राष्ट्रले एकिकृत योजनाहरु बनाउनु पर्ने बिषयमा आफु केन्द्रित रहने बिश्वास समेत दिलाउनु भयो । यहाँका जनता र उद्योग व्यापार संघ , कपिलवस्तुको उत्साह र हौसलालाई समेटदै , सहयोग र सुझाव लिंदै आफ्नो मन्त्रालयबाट हुने सम्पूर्ण काममा निरन्तर लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
जनताका आवश्यकता पुरा गर्ने सन्दर्भमा जस्तोसुकै परिस्थिती आए पनि पछि नहट्ने मन्त्री अधिकारीले उद्योग व्यापार संघ कपिलवस्तुले राखेको स्वागत कार्यक्रममा बिश्वास दिलाउनु भयो । मन्त्री अधिकारीले भने आफ्नै जिल्लाको मन्त्री पाउँदा जिल्ला वासीमा धेरै खुशी छाएको छ । अहिलेको सरकार गठबन्धन अर्थात सहमती गरेर बनेको सरकार भएको हुँनाले बिभिन्न उद्देश्यहरु पुरागर्ने सन्दर्भमा राष्ट्र बनाउने सवालमा र जनताको समस्या समाधान गर्ने सवालमा कानुन र विधिले अप्ठ्यारो नपार्दा सम्म कटिबद्धताका साथ लाग्ने बताउनु भयो । सबैको साथ सहयोग पाए शिक्षा , स्वास्थ्य , खानेपानी , जग्गा व्यवस्थापन देखि उद्योग व्यापार संघका समस्याहरुको समाधान गर्नतर्फ ध्यान केन्द्रित हुने मन्त्री अधिकारीको भनाई छ ।
यसैगरी उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले २०७२ सालको संविधानले परिकल्पना गरेको समादवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणको लागि राष्ट्रिय पूँजीपती र राष्ट्रिय उद्योगी व्यवसायीहरुको पहलको आवश्यक भएको बताउनु भयो । देशलाई दलाल अर्थतन्त्रको कब्जाबाट मुक्त गराउनका लागि स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रका पक्षधर सम्पूर्ण व्यवसायी उद्योगीहरु एकजुट हुनुपर्ने बताउनु भयो । उद्योग व्यवसायीहरुका समस्याहरु समाधान गर्नका लागि २०७९ असार १७ गते उद्योग व्यापार संघ , कपिलवस्तु गठन गरिएको बताउँदै संघको गठन भए पछि निरन्तर उद्योगी व्यवसायीहरुको हकहित र पक्षमा आवाज उठान गर्दै आएको अध्यक्ष पौडेलले बताउनु भयो । मन्त्री अधिकारीलाई कार्यकालको शुभकामना दिंदै कपिलवस्तुका आम जनताले मन्त्री माथि राखेका अपेक्षहरु र उद्योग व्यवसायीहरुको समस्याहरु संबोधन गर्न मन्त्री अधिकारीलाई आग्रह गर्नुभयो । कान्छो संस्थाको रुपमा स्थापित उद्योग व्यापार संघ , कपिलवस्तुले मन्त्री अधिकारीलाई स्वागत सहित मायाँको चिनो समेत हस्तान्तरण गरेको छ ।
कार्यक्रम उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द (पौडेल) को अध्यक्षता महासचिव बासुदेब खनालको संचालनमा सम्पन्न कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष यम बहादुर केसि , उद्योग उपाध्यक्ष नेत्र पाण्डे, बाणिज्य उपाध्यक्ष शंकर भाट छेत्री , महिला उपाध्यक्ष गिता पौडेल ,खुला उपाध्यक्ष होमनाथ पौडेल , नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य रेवता पौडेल , मनोज नेपाली , भरत पोख्रेल , कृष्ण कलवार , सल्लाहकार सरोज खनाल , अर्जुन सापकोटा नारायण पाण्डे , कोषाध्यक्ष शालिकराम आचार्य , लगायत कार्यसमितिका पदाधिकारी तथा संघमा आबद्ध सदस्यहरुको उपस्तिथिमा मन्त्री अधिकारीलाई स्वागत गरिएको उद्योग व्यापार संघ , कपिलवस्तुले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

