राजन कुमार बानिया /पर्सा, ३ चैत
सशस्त्र प्रहरी बल पर्साद्वारा भन्सार छलीको कपडा सहित २ जना ब्यक्ति नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरीले शनिबार जिल्ला पर्सा विन्दवासिनी गा.पा.-३ झौवा नाकाबाट भन्सार छलीका कपडा ल्याएको ल्याउदै गरेको गुप्त सुचनाको आधार कपडा सहित दुइ जनालाई नियन्त्रणमा लिइएको छ।
गुप्त सुचनाको आधारमा सशस्त्र प्रहरी बल पर्सा गणबाट गाडी मोबाईल टोलिले भारतबाट अबैध रुपमा चोरी पैठारी गरी BR 22 X 5956 र BR 22 X 2850 नम्बरको भारतीय मो.सा.हरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको कपडा, मो.सा. सहित जिल्ला पर्सा बहुदरमाई न.पा. बस्ने बर्ष 29 को र ऐ.ऐ. बस्ने बर्ष ४१ को तस्करी कार्यमा संलग्न २ जना लाई नियन्त्रणमा लिएको प्रबक्ता संगम श्रेष्ठले बताउनु भयो।
नियन्त्रणमा लिइएको कपडा तथा तस्कर लाई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको श्रेष्ठले जनकारी दिए।
२ लाख बराबर को मोटरसाइकल र २ लाख २५ हजार को कपडा गरि कुल ४ लाख २५ हजार समान नियन्त्रणमा लिइएको श्रेष्ठ ले बताएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

