राजन कुमार बानिया / पर्सा ३ चैत्र
पर्साको पोखरिया नगर पालिका वडा नम्बर ४ मा रहेको बिसाल हनुमान मन्दिरमा नगर स्तरीय योजनाबाट रू ६ लाखको लागतमा निर्माण गरीयको १०१ फीटको महावीरी झण्डाको आज एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको नगर उपप्रमुख रूबी कुमारी ठाकुरले पूजा पाठ गरी उद्धघाटन गरेकी छीन ।
आ ब २०८०/८१/ को नगर स्तरीय रहेको रू ४ लाखको योजनाको बजेट बाट १०१ फिटको महावीरी झण्डाको निर्माणमा रकम अभावले अधुरो हुने भय पश्चात स्थानीयहरुले सो झण्डा निर्माणको काम यसै बर्ष सम्पन गराउन राउन ठाकुर संग आग्रह गरे पक्षी पुन २ लाख रुपिया थपगरी निर्माणको काम सम्पन गराएको उप प्रमुख रूबी ठाकुरले बताएकी छीन ।
झण्डा उधघाट कार्यक्रममा पोखरिया नगरपालिका वडा नम्बर- ४ का वडा अध्यक्ष लक्षमण साह कानू , महेन्द्र महतो चाई, नौसाद आलम, सोनालाल साह, पोखरिया नगरपालिका को शिक्षा शाखा प्रमुख विजय कुमार झा,नेकपा एमाले पोखरिया नगर कमिटी अध्यक्ष बिंधाचल ठाकुर, समाज सेवी मथुरा महतो, लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

