पार्वती आचार्य /कपिलवस्तु ,चैत ३
मायाँदेवी गाउँपालिका( १ पकडी अवस्थित श्री छत्रपाली तिर्थादेवी मा .वि. पकडीमा शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्नको लागि छात्राबासको व्यवस्था गरी क्भ्भ् मध्ये नजर गरी कक्षा सञ्चालन भइरहेको छ । बिद्यालयमा छात्रबासको व्यवस्थापन गरी पठनपाठन गराउँदा बिद्यार्थीहरुले पढाईमा ध्यानदिनुका साथै गुणस्तरिय शिक्षा प्राप्त गर्न सक्ने छन् । एस.ई.ई नजिकिएसंगै पढाईमा कमजोर बिद्यार्थीहरुलाई पठनपाठनमा केन्द्रित गराउन फागुन महिनाको पहिलो हप्ता देखि नै रात्रीकालिन कक्षा समेत संचालन गरिएको बिद्यालयले जनाएको छ ।
बि.स. २०१६ सालमा स्थापना भएको यस श्री छत्रपाली तिर्थादेवी माविमा हाल १ हजार ३ सय भन्दा बढी बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । उक्त बिद्यालय नमूना बिद्यालयको रुपमा परिचित छ । शिक्षा क्षेत्रमा कपिलवस्तु धेरै पछाडि परेको हुँदा शिक्षाको गुणस्तरलाई वृद्धि गर्नका लागि छात्रबासको शुरुवात गरिएको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष मधुशूुदन शरण चौधरी (लुम्बिनी प्रदेश सांसद ) ले बताउनु भयो ।
यसैगरी समाज र समुदायलाई सुधार गर्न शिक्षाको खाँचो छ , शिक्षालाई गुणस्तरिय बनाउन अभिभावहरुको महत्वपूर्ण भूमिका रहन्छ । अभिभावकहरुको माग र सल्लाह अनुसार करिव ४० जना बिद्यार्थीहरु अध्ययन गरिरहेको बिद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर कुर्मीले बताउनु भयो । जसमा १८ जना छात्रा र २२ जना छात्रहरुलाई छात्राबासको व्यवस्थापन गरी एस.ई.ई. नजिकिएसंगै बिहान १० बजे देखि ४ बजे सम्मको कक्षा बाहेक वेलुकी ४ बजे देखि राती ९ः३० सम्म र बिहान ४ बजे देखि बिहान ९ः३० सम्म अतिरिक्त कक्षाहरु संचालन गरिएको बिद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर कुर्मीले बताउनु भयो ।

यसैगरी बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष चौधरीले बिद्यालयलाई नमुना बिद्यालयको रुपमा बिकसित गर्न समस्त क्रियाकलापहरु नमूना हुनुपर्नेमा जोडदिंनु भयो । यस बिद्यालयका शिक्षक ,बिद्यार्थी मिलेर बिद्यालयको शैक्षिक स्तरलाई वृद्धिगर्न बिद्यालय परिवार लागि परेको छ । अभिभावकहरुको सहयोग कमजोर देखिएकोले चिन्ता व्यक्त गर्दै अभिभावक लाई शिक्षा प्रति उत्प्रेरित गर्नुपर्ने आवश्यक भएको अध्यक्ष चौधरीको भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

