उमेश बि.क / नवलपरासी ,२ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा निशुल्क आँखा शिबर सम्पन्न भएको छ।
सरावल गाउँपालिकाकाे आयाेजना तथा नेपाल नेत्र ज्याेती संघ डा. बिनाेद निता कंडेल आँखा अस्पताल परासीकाे प्राविधिक सहयोगमा निशुल्क आँखा शिबर सम्पन्न भएको हाे ।

सरावल गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी प्रसाद चाैधरीकाे अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री तथा नेपाल नेत्र ज्याेती संघ डा. बिनाेद निता कंडेल आँखा अस्पताल परासीका अध्यक्ष देबेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यता एवं सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे विशिष्ट आतिथ्यतामा शिबर सम्पन्न भएको हाे ।

शिविरमा २३९ जनाले आँखा जाँच गराएका मध्ये ७१ जना मोतियाविन्दुका बिरामी फेला परेको नेतृ सहायक सुपरभाइजर राधिका यादवले जानकारी दिनुभएको हाे।

निशुल्क आँखा शिबरकाे कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्व गृहराज्यमन्त्री तथा नेपाल नेत्र ज्याेती संघ डा. बिनाेद निता कंडेल आँखा अस्पताल परासीका अध्यक्ष कण्डेलले हुने ब्यक्ति आँखामा समस्या हुदा आफ्नो अनुकूलताकाे आधारमा चेकजाँच एवं उपचार गराउन सक्छभने अति विपन्न ब्यक्तिका लागि यस्तो शिविर प्रभावकारी भएको बताउनुभयो । सरावल गाउँपालिकाले यस्तो महत्त्वपूर्ण काम गरेर आफ्नो मतदातालाई खुशी एवं मानव कर्तव्य निर्वाह गरेको बताउनुभयो । आँखा अस्पतालबाट अझै प्रभावकारी सेवासुबिधा उपलब्ध गराउने याेजना रहेको बताउदै नयाँ ठाउँमा सुविधासम्पन्न भवन निर्माण छिट्टै हुने कुरा राख्नुभएको थियो । आँखा अत्यन्त संवेदनशील मानिएको मानव स्वास्थ्य क्षेत्रमा सहज र सुलभ तरिकाले काम गरिरहेको बताउँदै यस्तो सेवा निरन्तर दिँदै जाने प्रतिबद्धता जनाउनुभयाे। आधारभुत स्वास्थ्य सेवामा सबै नागरिक र खास गरी जेष्ठ नागरिक, महिला तथा बालबालिकाको सहज पहुँच पुर्याउनु पर्नेमा जाेड दिदै सोही कार्यका लागि आफुहरु निरन्तर प्रयासमा लागिरहेको समेत बताउनुभयो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले अँखाको उपचार गर्न पैसा र समयको अभाबका कारण सुबिधा सम्पन्न ठाउँसम्म जान नसक्नेहरुकोलागी याे शिविर ठूलो राहत हुने बताउनुभयो । पालिकाकाे सिमित बजेट रहेको र डा. बिनाेद निता कंडेल आँखा अस्पताल परासीकाे समन्वयले याे शिविर प्रभावकारी रुपमा सन्चालन गर्न सहयोग पुगेकाे समेत जिकिर गर्दै अस्पताल टिम र प्राविधिक टाेलिलाई धन्यवाद दिनुभएको थियो ।

शिविरमा पालिका उपाध्यक्ष बासमति हरिजन,स्वास्थ्यशाखा प्रमुख ओम नारायण देवकोटा लगाएतकाे सहभागीता रहेको थियो ।

शिविरमा नेतृ सहायक सुपरभाइजर राधिका यादव ,नेतृ सहायक सन्दिप अग्रहरी ,अनुपा चाैधरी र सरवण यादवले प्राविधिक सहयोग गर्नुभएको सरावल गाउँपालिका लेखापाल नरेश काेहारले जानकारी दिनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

