काठमाडौं / १ चैत। अन्तर्राष्ट्रिय युवा विकास सम्मेलनमा सहभागी हुन नेपालबाट पत्रकार रंजीत शर्मा,आदित्य प्रजापति र अमरमणि गुप्ता दिल्लीको लागि प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय सामाजिक बिकास संस्था दिव्य युवा मञ्चको आयोजनामा यही मार्च १५ देखि १७ गतेसम्म भारतको हरियाणा राज्यमा हुने तीन दिने अन्तर्राष्ट्रिय युवा विकास सम्मेलन भाग लिन प्रस्थान गरेका हुन्। दिव्य युवा मञ्चका संस्थापक तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता सुभाष चौहानले वातावरण संरक्षण प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघले केही दिगो विकासका लक्ष्य राखेको जानकारी दिँदै विश्वभरका समाजसेवीहरू निस्वार्थ रूपमा दिनरात खटिएका छन् । उनीहरुलाई एक जुट तथा उर्जा बढाउन यस कार्यक्रमको आयोजना गरिएको बताएका छन्।
यस कार्यक्रममा १० भन्दा बढी देशका युवाहरू भारतको हरियाणा राज्यको एलेनाबाद जिल्लामा भेला हुनेछन् र यी दिगो विकास लक्ष्यहरू हासिल गर्न भइरहेका प्रयासहरूबारे छलफल गर्नेछन्।
नेपालबाट छनोट भएका रंजीत शर्मा नेपालको उदाउँदो पत्रकार, सामाजिक तथा यूवा अभियन्ता हुन । उनी अहिले स्पेस फोर के टेलिभिजन काठमाडौँ तथा राष्ट्रिय दैनिक डिजिटल पत्रिका लगाएतको मीडियामा काम गर्छन भने उपकार समाज संस्थाका अध्यक्ष समेत हुन । त्यस्तै अर्का आदित्य प्रजापति र अमरमणि सामाजिक, यूवा तथा बाल अधिकार कर्मी हुन ।
यो कार्यक्रममा भारतका विभिन्न राज्यका अलावा जर्जिया, ताजकिस्तान, नेपाल, बंगलादेश, मलेसिया, श्रीलंका, लाइबेरिया, सुडान, नामिबिया लगायतका देशबाट युवाहरु सहभागिता रहने छ। जसले आगामी ३ दिनसम्म आ–आफ्नो क्षेत्रमा भइरहेका सामाजिक कार्यको विस्तृत जानकारी दिनेछन् । दिव्य युवा मञ्चको आयोजनामा विगत दुई वर्षदेखि यी दुई कार्यक्रम आयोजना गर्दै आएको छ भने यो तेस्रो अन्तर्राष्ट्रिय युवा विकास सम्मेलन भारतको एलेनाबाद जिल्लामा आयोजना हुँदैछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

