वीरगंज, १ चैत । वीरगंजमा अनौठो बाबा आएपछि हेर्ने र उपचार गराउनेहरुको ओइरो लागेको छ । काली कम्बल वाले बाबा नामक भारतीय बाबा वीरगंजको चिनी मिल परिसरमा आएका छन् ।
काली कम्बल वाला बाबाले क्यान्सर, मधुमेह, पक्ष्Fघात, रक्तचाप, पथरी, लुला, बहिरो, अन्धो आदिको उपचार गर्ने दावी गरिन्छ ।
उक्त बाबा वीरगंजमा आएपछि पर्साको ग्रामीण भेगका बासिन्दाहरु उपचारको लागि बाबाकहां पुगेका छन् । चैत १० गतेसम्म उनको चिनी मिलमा शिविर रहेको र बाबाले छोएको भरमा उपचार हुने बताइन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

