Rashtriya Dainik

बैतडी प्रहरीद्वारा ४ जना फरार प्रतिवादी पक्राउ 

बैतडी १ चैत्र

जिल्ला प्रहरी कार्यालय बैतडीले विभिन्न मुद्दाहरुमा सजाय पाएका फरार रहेका ४ जना प्रतिवादी पक्राउ गरेका छन्। पक्राउ पर्नेमा जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका–२ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामी,विष्फोटक पदार्थ सम्बन्धि कसुर मुद्दामा १ महिना १९ दिन कैद सजाय सुनाएर फरार रहेका दशरथचन्द नगरपालिका ६ का ४४ वर्षीय नारायणसिंह ऐरी,सोही ठाउँका ४७ वर्षीय अर्जुनसिंह रावल र ५१ वर्षिय भीमसिंह ठगुन्नालाई नियन्त्रणमा लिएको बैतडी प्रहरी प्रमुख एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

बैतडीका प्रहरी प्रमुख गिरीको अनुसार धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले गाजँरी बजारबाट पक्राउ गरेको हो भन्ने उनीले बैजनालाई बुधबार गढी बजारबाट पक्राउ गरिएको हो।पक्राउ परेका प्रतिवादीहरूलाई जिल्ला अदालत बैतडीमा पेस गरिएको बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित