Rashtriya Dainik

बाराको विभिन्न नाकाबाट व्यापक रुपमा तस्करी हुदै

बाराको मटिआर्वा, कल्याणपुर , छतवा र बलिरामपुर नाकाबाट व्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।
सिमानाकाको मुख्य जिम्मवारी पाएका सशस्त्र प्रहरी र शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रणको लागि खटाएको प्रहरी चौकी मटिआर्वाको र बलिरामपुरको मिलोमतोमा ठुलो मात्रामा तस्करी सुचारु भएको छ।
मटिआर्वा, कल्याणपुर र बलिरामपुर नाकाबाट लत्ताकपडा , हाडयेवर , कबाड, ट्याक्टरमा धान, काजु, र ठुलो मात्रामा १० वटा मोटरसाइकलमा प्याज तस्करी र दुई ठुलो समूहले चामल,रक्सी र कुखुराको चल्लाको तस्करी भईरहेको स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सिमा सुरक्षाका प्रमुखहरु तस्करी रोक्न निर्देशन दिएपनि सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिआर्वाका प्रमुख र प्रहरी चौकी मटिआर्वा र बिलरामपुर चौकीको मिलोमतोमा रातभरी ट्याक्टर र मोटरसाइकलको आवाजले स्थानीयहरुलाई सुत्न समेत नसकेको नाम नछाप्रने सर्तमा एक युवकले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित