राजन कुमार बानिया /पर्सा, ३० फागुन
पर्साको पोखरिया नगरपालिकाको नगर उपप्रमुख स्तरिय योजना अन्तर्गत सामुदायिक बिधालय का शिक्षक,शिक्षिका बालबिकास र कर्मचारीहरु सम्मान कार्यक्रम पोखरियाको शिवमन्दिरको सभाहलमा भएको छ।
पोखरिया नगरपालिकाले अायोजना गरेको २५ वटा सामुदायिक बिद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारि गरि २ सय ४० जनालाई एक कार्यक्रमका बिच सम्मानित गरिएको छ।
कार्यक्रममा अध्यक्ष्ाता गर्हन गर्नु भएका पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान, पानसमा बती बालेर उदघटान गर्नु भएको थियो। पोखरिया नगरपालिका अन्तर्गत रहेका सामुदायिक बिधालयका शिक्षक,शिक्षिका तथा कर्मचारीहरु प्रमाणपत्र , गमछा ,बैग दिएर ,सम्मानित गरेका छन।सम्मानित कार्यक्रमलाई संबोधन गर्दै मेयर चौहानले भने शिक्षकहरुलाई भगवानको दर्जा दिनु भएको थियो।
बालबालिकाहरु अामा बुवा पछी शिक्षकहरु गुरु र भगवान रहेको बताए। शिक्षकहरुले चाहे भनी बालबालिकाहरुलाई शिक्षा दिएर उज्यालो दिन सक्छ, चाहे भनी अन्धयारो पनि दिन सक्छ। त्यसै कारण शिक्षकहरुले बालबालिकाहरुलाई भगवान भएर उज्यालो दिन्छ। पोखरिया नगरपालिका सामुदायिक बिधालयका शिक्षामा सुधार भएको छ। यो सबै तपाईंहरु मेहनत र लगनसिलता हो। यो भन्दा बढि यस्तै सुधार भएर जाअोस शिक्षकहरुलाई बधाई समेत दिनु भएको हो।
सम्मानित कार्यक्रम सम्मानित गर्दै नगर उपप्रमुख रूबी ठाकुरले भनिन बिधार्थीहरुको भबिष्य शिक्षकहरुको हाथमा हुन्छ।शिक्षकहरुको मेहनत र ईमानदारीताका कारण पोखरियामा शिक्षा सुधर भएकोले नगरपालिका शिक्षक,शिक्षिका र कर्मचारीहरु उच्च मनोवल बढाउनलाई सम्मानित गरिए को छ।
अाउने दिनमा यो भन्दा राम्रो शिक्षक र बिधार्थीहरु हकहितमा कार्यक्रम लिएर अाउने नगर उपप्रमुख ठाकुरले बताईन।
कार्यक्रम प्रमुख प्रसाशकिय अजय श्रीवास्तव, वडा अध्यक्ष लक्षमण साह,नौसाद अालम,किशोरी साह, नेकपा एमालेका नगर अध्यक्ष बिन्धयाचल ठाकुर,नेपाल शिक्षक संग सचिव बिनोद गिरी, शिक्षा शाखा प्रमुख बिजय झा, शिक्षा शाखा सहायक बिनोद चौहान, शिक्षक दिपक ठाकुर, प्रअ अोमप्रकास रौनियार , प्रअ प्रबत ठाकुर, पारस ठाकुर , सबै बिद्यालयको शिक्षक, शिक्षिका तथा कर्मचारी ,जनप्रतिनिधि संचारकर्मी लगायतको उपस्तिथि रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

