Rashtriya Dainik

नारायणी नदी किनारबाट अवैध सामान सहित टिप्पर प्रहरीकाे नियन्त्रणमा

आरपि उपाध्याय / नवलपरासी ,३० फाल्गुन

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ नारायणी नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ मिस्कट लिइ आउदै गरेको टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विनयी त्रिवेणी ७ नारायणी नदी किनारबाट लु१क४९३९ नम्बरको टिप्परमा मिस्कट लोड गरि ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभएको छ।

ईलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी सहायक निरीक्षक नारायण यादवको नेतृत्वमा गएको प्रहरी टोलीले विनयी त्रिवेणी ७ नदीकै किनारबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएको टिप्परलाई ईलाका प्रहरी कार्यालय त्रिवेणीमा राखी आवश्यक कानुनी कारवाहिको लागि विनयी त्रिवेणी गाउँपालिकाको कार्यालय दुम्किबासमा पत्रचार गरिएको प्रहरीले जानकारी दिएको छ।

मिस्कट लोड गरि नदीको बगरमा पुगेको ३ टिप्पर मध्ये २ टिप्परले नदीजन्य सामाग्री फ्याकि भागेको र मिस्कट लोड गरि आउदै गरेको एक टिप्पर प्रहरीको नियन्त्रणमा परेको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित