राजन कुमार बानिया /पर्सा ,३० फागुन
पर्साको ठोरी गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा हाजिर भई अाज बाट कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
ठोरी गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ सहित उपाध्यक्ष गोकुली रेग्मी, वडाध्यक्ष मान बहादुर थिङ, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ लगाएत गाउँपालिका कर्मचारीहरुले अधिकृत कुशवाहालाई फुल माला र गमछा ओढाएर स्वागत गरेका थिए ।
साे अवसरमा अधिकृत कुशवाहाले बोलदै भने आफु जनता हरुको काम लाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता गर्नु भएको हो। जनता हरुको काम काजको साथै बिकास निर्माण लगायतको कामहरु अगाडि बढाउने ,साथै जनप्रतिधि र कर्मचारीकाे समन्वयमा अगाडी बढने वताए । उनले भने “तपाईहरुले आज जसरी स्वागत गर्नु भएकाे छ, त्यसरी नै तपाईहरुकाे सहयाेग र समन्वयकाे जरुरी रहेको बताए ।
परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी,पत्रकार लगायतको उपस्थिती रहेको थियो।
गाउँपालिकामा अाउनु भएको प्रमुख प्रसाशकिय अधिकृत राज कुशवाहा यो भन्दा पहिला जिल्ला समन्वय समिती पर्साबाट सरुवा भई अाउनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

