Rashtriya Dainik

नवलपरासी औद्योगिक व्यापार मेलामा आज प्रिति पासवान , रेबिका र चाँदनीकाे प्रस्तुति रहने

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ फाल्गुन

पश्चिम नवलपरासीको परासीमा जारी छैठौं नवलपरासी औद्योगिक व्यापार मेलामा आज मंगलबार बहुचर्चित टिकटक स्टार तथा माेडल प्रिति पासवान ,माेडल रेबिका अधिकारी र चाँदनी पासवान लगायतका कलाकार आउने भएका छन ।

परासीस्थित रामग्राम – ५ वाईपास रोडमामा जारी छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको चाैदाैँ दिनमा बहुचर्चित टिकटक स्टार तथा माेडल प्रिति पासवान ,माेडल रेबिका अधिकारी र चाँदनी पासवान आफ्नो प्रस्तुतिका लागि आउने नारायणी फेयर एक्जिवेसन नेपाल चितवनको ब्यवस्थाक बिद्यार्थी शाहले जानकारी दिनुभएको छ।

राष्ट्रिय कलाकार सहित स्थानीय भेष भुषा झल्किने सांस्कृतिक प्रस्तुति पनि रहने ब्यवस्थाक शाहले बताउनुभयो ।

मेला फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । मेलामा स्थानीय उत्पादन,कृषि,लघु उद्यमका उत्पादन सहितका स्टलहरु रहेका छन् ।
मेलालाई थप आकर्षक बनाउन बाल उद्यानका सामग्री,दैनिक सांस्कृतिक प्रस्तुतिलाई पनि जोड दिईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित