Rashtriya Dainik

गजेन्द्र मोक्ष नारायण भगवानको पाचौं वार्षिकोत्सब एवं रथ यात्रा समारोह सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२८ फाल्गुन

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा सञ्चालन भएको गजेन्द्र मोक्ष नारायण भगवानको पाचौं वार्षिकोत्सब एवं रथ यात्रा समारोह सोमबार विधिवत सम्पन्न भएको छ।
फागुन २४ गतेदेखि प्रारम्भ भएको वार्षिकोत्सब कार्यक्रम फागुन २९ गते नारायणी नदीमा डुङ्गाद्वारा नौका विहार गर्दै धार्मिक कथा परायण पश्चात् सम्पन्न भएको हो।
मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यले गजेन्द्र मोक्ष नारायण भगवानको रथ यात्रा सहित मन्दिर परिक्रमा गर्दै नौका विहार कार्यक्रमको पनि सुभारम्भ गर्नुभयो ।
नारायणी नदीमा आधा दर्जन डुङ्गाद्वारा पटकपटक गरि हजारौंको सङ्ख्याका भक्तजनहरुले बाजागाजा सहित गजेन्द्र मोक्ष नारायण भगवानको मूर्तिलाई डुङ्गामा सवार गराउदै नदीमा परिक्रमा गराइएको थियो।
नौका विहार कार्यक्रमको विधिवत सुभारम्भ गर्दै स्वामी नयनाचार्यले गजेन्द्र मोक्ष नारायण भगवान सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुको आस्था र भरोसाको केन्द्र भएकोले यो आश्रमको विकास र प्रवर्द्धनबाटै सबै नेपालीको शिर ठाडो रहने बताउनु भयो।
स्वामी नयनाचार्यले गजेन्द्र मोक्ष दिव्य धाममा नै जप,तप,उपासना गर्दै आउनु भएको परिवेशमा समग्र त्रिवेणी क्षेत्रको विकास पनि यहीँ आश्रममै अन्तर्निहित रहेको पनि बताइएको छ।
विनयी त्रिवेणी अन्तर्गत रहेको गजेन्द्र मोक्ष धाममा सञ्चालन भएको वार्षिकोत्सबमा नेपाल भारतबाट ठूलो सङ्ख्यामा भक्तजन,साधुसन्त,महन्त र धर्मानुरागीहरुको उपस्थिती रहेको करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभएको छ।


५ दिनसम्म चलेको वार्षिकोत्सब समारोहमा नेपाल भारतबाट करिब ५० हजार भक्तजनहरुले गजेन्द्र मोक्ष नारायण भगवानको पुजापाठ कार्यक्रममा उपस्थिति रहेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित