राजन कुमार बानिया /पर्सा २७ फागुन
पर्साको सिमावर्ती बजार भिस्वामा गयरात्री एक किरान पसलबाट लाखौको नगद समानहरु चोरी भएको छ।
चोरी भएको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वा बजारमा रहेको हरि कुशवाहाको किराना पसलबाट गयराती अज्ञात चोर हरुले पछाडी बाट ढोकाको तालचा फोडी बिभिन किसिमका चुरोटको डब्बा लगायत अन्य समान र नगद गरि दस लाख बराबरको समान चोर हरुले चोरी गरि लगेका छन।
चोरहरुले पसलको अगाडि बाट सिसि केमरा फुटाएर चोरी गरेका छन। घटना स्थलमा पुगिएका ईलाका प्रहरी कार्यालय पोखरियाका प्रनि मोहन बिक्रम केसीको नेतृत्वमा पुगी भिस्वा बजारमा लगाएको सिसि केमरामा चेक जाँच गरेका छन। घटनाको सम्बन्धमा अनुसंधान भईरहेको बताए ।
प्रहरी चौकी भिस्वा र सशस्त्र प्रहरी भिस्वाको नाकको अगाडि बाट चोरी भएको स्थानिय हरुले गुनासो गरेका छन।नेपाल प्रहरी र सशस्त्र प्रहरी चौकी बाट सय मिटर दुरीमा रहेको भिस्वा बजार बाट हरि कुशवाहाको किराना पसलबाट चोरी भएको छ।
यता भिस्वा बजार बाट चोरीको घटना बढेको स्थानिय हरुले जनाएका छन। भिस्वा बजारमा रहेको श्री मंगल माबी भिस्वा बाट सिसि टिभी फुटाएर दुई पटक चोरी गरि २७ वटा कमप्युटर , डेस्टप, फर्निचर लगायत चोरी भएको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले दिन भरी तस्करहरुमा ब्यस्त रहेको र रातभरी सुतने गरेकोले गस्ती फितलो भएको कारण चोरीको घटना बढेको स्थानियहरुको गुनासो रहेको छ। बिधालयमा भएको चोरीको घटना नसेलाउदै अर्को बजारमा किराना पसलमा चोरी भएको कारण अहिले भिस्वा क्षेत्रमा दहस्तका महौल बनेको स्थानीय हरुले जनाएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

