Rashtriya Dainik

गजेन्द्र मोक्ष नारायण भगवानको ५ औं वार्षिकोत्सब एवं रथ यात्रा भव्य समारोह सम्पन्न

आरपि उपाध्याय/ नवलपरासी ,२६ फाल्गुन

नेपालको प्रमुख धार्मिक धरोहरमध्ये एक मानिने पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ त्रिवेणीमा रहेको गजेन्द्र मोक्ष नारायण भगवानको ५ औं वार्षिकोत्सब एवं रथ यात्रा भव्य समारोह तेस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ।

५ दिवसीय वार्षिकोत्सब समारोह अन्तर्गत आचार्यादी वरण पुर्वाङ्ग पाठ परायण प्रारम्भ,अग्नि परीक्षा,विवाह उत्साह सहित रथ यात्रा सम्पन्न भएको मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यका उत्तराधिकारी करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभएको छ।

२०७६ साल फागुन महिनामा गजेन्द्र मोक्ष नारायण भगवानको मन्दिर निर्माण गरि भव्य समारोह अन्तर्गत प्राण, प्रतिष्ठा गर्दै प्रत्येक वर्ष मनाइदै आएको वार्षिकोत्सब कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको बताइएको छ।
फागुन २६ गते सम्पन्न रथ यात्रा कार्यक्रममा नेपालकै प्रमुख तिर्थ स्थलहरुबाट आएका ठूलो सङ्ख्याका भक्तजनहरुले गजेन्द्र मोक्ष भगवानको पुर्ण कदको शालिक सजाइ ध्वजा, पताका र सङ्गितमय बाध्यबादन सहित रथ यात्रा गरि धार्मिक समारोह गरिएको थियो।
धार्मिक समारोहमा स्वामी श्री निवास, स्वामी बासुदेव प्रपन्नाचार्य,धार्मिक व्यक्तित्व लक्ष्मी पाण्डे लगायत धर्म गुरुहरुले धार्मिक क्रियाकलापबाट नै यस लोकमा सुख,शान्ति सहित परलोकमा मोक्ष प्राप्त गर्न सकिने धारणा राख्नुभएको कार्यक्रम सञ्चालक गुरु सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभएको छ।
मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यले २०४८ सालदेखि नै त्रिवेणीको गजेन्द्र मोक्ष धाममा धार्मिक अनुष्ठान सहित जपतप गरि दक्षिण एसियामै उत्कृष्ट गजेन्द्र मोक्ष नारायण भगवानको मन्दिर सहित सिस महल लगायत धार्मिक मन्दिर निर्माण गर्नुभएकोले उल्लेखित धार्मिक धरोहरबाट हिन्दु धर्मको रक्षा सहित धार्मिक पर्यटक क्षेत्रको विकास हुँदै आएको बताइएको छ।

गजेन्द्र मोक्ष तिर्थ स्थलमा प्रतिदिन नेपाल भारतबाट २ हजारदेखि ४ हजारसम्म स्कुले विद्यार्थी र अवलोकन कर्ताको घुइँचो लाग्ने गरेको पनि उत्तराधिकारी स्वामी प्रपन्नाचार्यले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित