Rashtriya Dainik

डा. कवीन्द्र बज्राचार्यको नेपाल भाषाको पहिलो म्यूजिक भिडियो “यचुगु मन” सार्वजनिक

काठमाडौं । डा. कवीन्द्र बज्राचार्यको नेपाल भाषाको पहिलो म्यूजिक भिडियो “यचुगु मन” सार्वजनिक भएको छ ।

माया प्रेमले भरिएको सो म्यूजिक भिडियोको रचना तथा स्वर डा. कवीन्द्र बज्राचार्यको रहेको छ ।

बिमला बज्राचार्यको प्रोडक्शनमा मुख्य कलाकारको रुपमा चर्चित कलाकार धिरेन शाक्य, ऋतु श्रेष्ठ तथा सहायक कलाकारको रुपमा पुष्परत्न बज्राचार्य, सान्बी बज्राचार्य, नगिना बज्राचार्यको अभिनय रहेको छ ।

बरिष्ठ संगीतकार हरि शरण साय्मिद्वारा संगीतबद्ध उक्त म्यूजिक भिडियोमा विश्वास बज्राचार्यको निर्देशन रहेको छ ।

सो म्यूजिक भिडियोमा चर्चित गायिका रत्न शोभा महर्जन, पुष्परत्न बज्राचार्य, दिपा महर्जनको कोरस रहेको छ ।

बौद्ध विद्वान, बरिष्ठ बाल नेत्र विशेषज्ञ तथा सह प्राध्यापक डा. कवीन्द्रको यस म्यूजिक भिडियो ज्योति म्यूजिक च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित