Rashtriya Dainik

प्रतापपुर वडा नं.६ का महिला समुहलाई भाडा वितरण

संजय कुशवाहा / नवलपरासी २६ फागुन

पश्चिम नवलपरासीको प्रतापपुरमा महिला समुहहरूलाई खाना पकाउने विभिन्न किसिमका भाडाहरूकाे सेट वितरण गरेकाे छ ।
प्रतापपुर गाउँपालिका वडा नं. ६ वडा कार्यालयको आयोजनामा वडा अन्तर्गत गठन गरिएका सातवटा महिला समुहलाई खाना पकाउने भाडा वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष मान कुमारी चाैधरीले एक समाराेहका बिच वितरण गर्नु भएकाे हाे । उपाध्यक्ष चाैधरीले भाडा वितरण गर्दै महिलाहरूकाे क्षमता विकासका लागि गाउँपालिका कार्यालयले महिलाहरूमा नेतृत्व विकास, भाडा वितरण र तालिम जस्ता विभिन्न कार्यक्रमहरू बनाएकाे बताउदै वितरण गरिएकाे भाडाहरूलाई समुहका महिलाहरू संग समुहमाप्रयाेग गर्नुका साथै सुरक्षित तरिकाले राख्न बताउनुभयो ।

भाडा वितरण कार्यक्रमका अध्यक्ष एवम ६ नं. वडाका वडाध्यक्ष केशव प्रसाद अधिकारीले लक्षित समुहकाे बजेट अन्तर्गतकाे रू ४ लाखकाे बजेट विनियाेजन गरि वडा भित्रका सबै गाउँटाेलहरूलाई समेटेर भाडा वितरणकाे याे कार्यक्रम बनाइएकाे बताउदै वितरण गरिएका यी भांडाहरू विवाह, व्रतबन्ध, भाेजभतेर जस्ता विभिन्न सामुहिक कार्यक्रमहरूमा खाना पकाउने कामका लागि उपयाेगी हुने वडाध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा जन जागृति माध्यमिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष राम सरण पाण्डे ,प्रतापपुर आयुर्वेद शाखाका प्रमुख दिन बन्धु मिश्रा , प्रतापपुर प्रेस क्लबका अध्यक्ष बृजराज कुशवाहा ,युवा समाजसेवी संघर्ष जयसवाल, कार्यपालिका सदस्य छविलाल हरिजन ,वडा सदस्य अवधेश यादव ,वडा सदस्य कनहिया हरिजन ,बेचन कुशवाहा लगायत विभिन्न गाउँटाेलका करिब एक सय भन्दा बढि महिलाहरूकाे सहभागिता रहेकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित