रंजीत शर्मा/नवलपरासी ,२५ फाल्गुन।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा अपाङ्गता भएकाको व्यक्ती एवं परिवारलाई आयआर्जनमा सुधार ल्याउन विभिन्न सामग्रीहरु वितरण गरिएका छन्।
युनाइटेड मिसन नेपाल,अस्ट्रेलियन एड,ट्रन्सफर्म एडको आर्थिक सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्र सुनवल द्धारा संचालित अपाङ्गता समावेशी विकास परियोजना अन्तर्गत वितरण गरिएको हो।
अपाङ्गता भएका ५ जना व्यक्ति एवं परिवारलाई आर्थिक रूपमा सबल र सक्षम बनाउन सिलाई मेशिन,छाटी काट्ने मेसिन, पम्पसेट मोटर तथा साइकिल मर्मत सामाग्री वितरण गरिएको हो।

वितरण कार्यक्रम पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दीपक) को अध्यक्षता तथा प्रमूख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको प्रमूख अतिथिक्ता सम्पन्न भएको हो।
कार्यक्रम बोल्दै अध्यक्ष गुप्ताले अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नो दैनिक जीवनमा धेरै नै आर्थिक सामाजिक तथा राजनीतिक रुपले कठिनाई भोग्दै आएको हुँदा यस व्यवसायका सामाग्रीहरुले आर्थिक रूपमा सबल र सुधार गर्दै दैनिक जीवनयापनमा सहज हुने बताए।
कार्यक्रममा अपाङ्गता समावेशी विकास परियोजनाका कार्यक्रम संयोजक सुमन ढुंगाना,पुर्नस्थापना तथा समावेशीका सँयोजक राधा सापकोटा,सामाजिक परिचालक रंगीता शर्मा,गृजेश शर्मा लगाएको उपस्थिती रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

