Rashtriya Dainik

अपाङ्गता समावेशी र पहुँचयुक्क्ता विकास सम्बन्धि १ दिने अभिमुखीकरण सम्पन्न

रन्जीत शर्मा/ नवलपरासी,२५ फाल्गुन।

सुनवल सामुदायिक विकास केन्द्रको आयोजना र युनाइटेड मिसन नेपाल,अस्ट्रेलियन एड,ट्रन्सफर्म एडको आर्थिक सहयोगमा संचालित अपाङ्गता समावेशी विकास परियोजना अन्तर्गत २० जना सरोकावालाहरु प्रतिनीधी तथा कर्माचारिहरुलाई अपाङ्गता समावेशी तथा पहुँचयुक्क्ता विकास बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अपाङ्गता समावेशी विकास सम्बन्धि १ दिने अभिमुखीकरणमा सहजीकरण अपाङ्गता समावेशी विकास परियोजनाका संयोजक सुमन ढुंगाना,पुर्नस्थापना तथा समावेशीका सँयोजक राधा सापकोटाले गर्नु भएको थियो ।

कार्यक्रमा पाल्हिनन्दन गाउँपालिका लाई अपाङ्ग मैत्री बनाउन सुधार गर्नु पर्ने भौतिक तथा नीतिगत व्यवस्थामा बारे छलफल गरिएको थियो।

त्यस्तै अभिमुखीकरण कार्यक्रममा नेपालमा अपाङ्गता विकासक्रम, अपाङ्गताको परिभाषा र वर्गीकरण,अभिवेदको सिद्दान्त, सार्थक समावेशीकरण, अन्तर वर्गीय विभेदीकरणको अवस्था, अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन, UN CRPD, दिगो विकास लक्ष्यमा अपाङ्गता भएका व्यक्ति सम्बन्धि राष्ट्रिय नीति २०८०, अपाङ्गता समावेशी विकास परियोजना निर्माणका आधारहरु,ध्यान दिनुपर्ने सवाल र अपाङ्गताको अन्तरवर्गीय सवालहरु, विकास साझेदारहरुले अपाङ्गता विकासका लागि अवलम्बन गर्नुपर्ने उपायहरु,अपाङ्गता समावेशी कार्यस्थल तथा न्युनतम पहुन्चायुक्तताको अवस्था,उपयुक्त अनुकुलता र जवाफदेही बजेट बारेमा सहजकर्ताहरूले अति सहज र सरल ढंगबाट सहजीकरण गर्नु भएको थियो । अभिमुखीकरणमा सहाभागीहरुले सक्रिय रुपमा भाग लिई छलफल समेत गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित