Rashtriya Dainik

रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु

रंजीत शर्मा/पाल्हिनन्दन, २५ फाल्गुन।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ३ परसियामा गाउँपालिका स्तरीय रात्रिकालीन दुग्गी क्रिकेट प्रतियोगिता फाल्गुन २२ गते देखि सुरु भएको छ।

पाल्हीनन्दन गाउँपालिकाद्वारा आयोजित गाउँपालिका स्तरिय रात्रिकालीन दुग्गी क्रिकेट प्रतियोगिता खेल सँयोजक समसाद अंसारीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका का उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना) को प्रमुख आतिथ्यता तथा पाल्हीनन्दन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको बिशिस्ट आतिथ्यतामा सुरु भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्सारीले खेलकुद विकासमा पाल्हिनन्दन गाउँपालिका को बिशेष पहल रहेको हुनाले यसको बिकासका लागि आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिन्।

प्रतियोगितामा विजेता र उपविजेता हुने समहुलाई उचित नगद,मेडल र सिल्ड सहितको पुरस्कार प्रदान गरिने तथा एक साता सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित