Rashtriya Dainik

आध्यात्मिक स्नेह मिलन एवं परमात्माको ध्वजारोहण कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,२६ फाल्गुन

ब्रहमा कुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र उपशाखा त्रिवेणी (नवलपुर) को आयोजनामा आध्यात्मिक स्नेह मिलन एवं परमात्माको ध्वजारोहण कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ।

८८ औं महाशिव रात्रीको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ब्रहम कुमारी जानकी दिदीले नव युग रचयिता परमात्माको यस धराधाममा दिव्य वातावरण भइ समाजमा व्याप्त विकृति,अशान्ति,तनाव एवं अज्ञानताको विनाशकारी कालो रात्रीको युगलाई परिवर्तन गरि स्वर्णिम युगको उदय भएको एतिहासिक यादगार महापर्व शिवरात्रीले सबैलाई सुख,शान्ती,समृद्धि बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो।


कार्यक्रममा परमात्मा पिताको ध्वजारोहण गरिएको तथा उपस्थित सहभागीहरुले एक आपसमा शुभकामना आदनप्रदान गर्दै बाबाको शिक्षा वर्तमान समयमा अत्यन्त सान्दर्भिक रहेको बताएका थिए।
कार्यक्रममा संघसंस्थाका प्रतिनिधि, नागरिक समाज,राजनितीक दलका प्रतिनिधि एवं नेपाल भारतका सञ्चारकर्मीहरुको उपस्थिति रहेको आयोजकले बताएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित