Rashtriya Dainik

मधानी महोत्सवमा भारतीय अभिनेता गोविन्दालाई हेर्न लाखौंको भिड

राष्ट्रिय दैनिक ,२६ फाल्गुन

रौतहटको मौलापुरमा जारी मधानी महोत्सवमा बलिउड अभिनेता गोविन्दा आहुजा, नेपाली चलचित्रका नायक पल शाह लगायतका कलाकारले प्रस्तुति दिएका छन् ।

पाँच दिनसम्म चल्ने सो महोत्सवमा चौथो दिन शुक्रबार अभिनेता गोविन्दा, पल शाह, भारतीय भोजपुरी नायिका निलम गिरी, भोजपुरी फिल्म निर्देशक तथा गायक विनय बिहारी, नेपाली फिल्म निर्देशक दिनेश जिसी, गायक रविराज साह, सुनिल पण्डित, कलाकार रचना शिवाकोटी , प्रीति पासवान, लगायतले प्रस्तुति दिएका हुन् ।

उक्त अवसरमा अभिनेता गोविन्दाले आफ्नो ससुराली काठमाडौँमा रहेको बताउँदै नेपालीसँग विशेष लगाव रहेको बताए । शुक्रबारको विशेष सांस्कृतिक कार्यक्रममा ५० हजारभन्दा बढी दर्शक सहभागी भएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित