Rashtriya Dainik

मायाँदेवीमा शिक्षाको अधिकार सम्बन्धि सचेतना मूलक सडक नाटक सम्पन्न

सुनिल आचार्य / कपिलवस्तु , फागुन २४ गते

मायाँदेवी गाउँपालिका– १ स्थित श्री छत्रपाली तिर्थादेवी माविमा गठन भएको बाल अधिकार चेतना समूह र मानव अधिकार समूह मायाँदेवीको आयोजना , मायाँदेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालयको समन्वय तथा इन्सेकको सहयोगमा शिक्षाको अधिकार सम्बन्धि सडक नाटक सम्पन्न भएको छ । बालबालिकाहरुले फागुन २४ गते मायाँदेवी गाउँपालिका १ स्थित पकडी बिद्यालयको प्रागंणमा सडक नाटक प्रदर्शन गरेका हुन ।
नाटकमा गरिवीका कारण शिक्षामा पारेको असर ः विपन्न परिवारका वालवालिकाहरुले गुण स्तरीय शिक्षा नपाउनु , बिद्यालय जाँदा कपी र पेन्सील नहुँनु , शैक्षिक सामाग्री उपलब्ध नहुँदा राम्रो नतीजा नआउनु , पेटभरि खान नपाउँदा बिद्यालयमा वालवालिका बेहोस हुनु , राज्यले विपन्नका लागि सुविधाहरुको व्यवस्थापन गर्ने भनिएता पनि ग्रमिण क्षेत्रका वास्तविक लक्षित सम्म नपुग्नु लगाएतको सन्देश मूलक बिषयमा बाल अधिकार समूहका पदाधिकारीहरुले नाटक मार्फत सन्देस दिएका थिए ।


कार्यक्रमका मानव अधिकार लुम्बिनी प्रदेश संजाल संयोजक पुष्पा रेग्मीले शिक्षा भनेको मानव जिवनको उज्यालो ज्योति भएको हुँदा शिक्षामा कोही पनि छुट्न नहुने बताउनु भयो । शिक्षा धनि गरिव सबैका लागि बराबर भएको बताउँदै बाल अधिकार चेतना समूहले समाजमा घट्ने वास्तविक घटनालाई समेटेर सन्देश मूलक नाटक प्रस्तुत गरेको बताउनु भयो ।
बिद्यालयका सहायक प्रधानाध्यापक बिजय कुमार चौधरीले इन्सेकले बिद्यालय स्तरिय बाल अधिकार चेतना समूह गठन गरी बिद्यालय देखि समुदाय सम्म सचेतना मूलकका कार्यक्रम संचालन गर्न सहयोग पुराउँदै आएको बताउनु भयो ।
यस्तै बाल संरक्षक शिक्षक ज्ञानेन्द्र कुमार चौधरीले सडक नाटकको सहजीकरण गर्दै बाल बालिकाको नेतृत्व विकास ,क्षमता अभिवृद्धिसँगै बिद्यालय र समूदायमा हुने बिभिन्न हिंसाहरुको सचेनता फैलाउन वालवालिकाहरुले सडक नाटक मार्फत अहंम भूमिका खेलेको बताउनु भयो ।
बाल अधिकार चेतना समूहका अध्यक्ष राजकुमार धोवीले बिद्यालयबाट गाउँ समाजमा सम्म पुगेर सकारात्मक खाल्का सचेतना मूलक अभियानहरु संचालन गर्दै आएको बताउनु भयो । साथै आगामी दिनमा पनि यस्ता अभियानहरु संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।


सडक नाटक बाल अधिकार चेतना समूहका अध्यक्ष राज कुमार धोवीको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । कार्यक्रममा इन्सेक प्रतिनिधि पार्वती आचार्य मानव अधिकार समूहका सदस्य दिलिप बरई , बिद्यालयका शिक्षकहरु , संचारकर्मी , बाल अधिकार चेतना समूहका सदस्यहरु , बिद्यार्थीहरु लगाएतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित