Rashtriya Dainik

वाल विवाह विरुद्ध सम्बन्धि सचेतना मूलक सडक नाटक सुनिल आचार्य

कपिलवस्तु / फागुन, २४ गते

कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका , वडा नं ३ को वडा कार्यालयको समन्वय तथा इन्सेकको सहयोगमा वाल विवाह विरुद्धको सचेतना सम्बन्धि सडक नाटक फागुन २४ गते बिद्यालय प्रांगणमा सम्पन्न गरिएको छ । “महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी“ भन्ने नारा सहित ११४ औं अन्तराष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा वाल विवाह विरुद्ध सम्बन्धि बालबालिकाहरुले सडक नाटक प्रदर्शन गरेका हुन ।


नाटकमा कुनै पनि अभिभावकहरुले आफ्ना वालवालिकाहरुको कम उमेरमा विवाह गरिदिन नहुने , छोरा र छोरीलाई बराबर शिक्षाको अधिकार दिनुपर्ने , वाल विवाह पश्चात स्वास्थ्यमा पर्ने असर , दाईजो , घरेलु हिंसा, श्रम शोषण र लैंगिक हिंसाले आर्थिक, सामाजिक रुपमा असर पर्ने , लैंगिंक बिभेद हुँदा छोरीहरुले बिभिन्न हिंसाहरु भोग्नुपर्ने लगाएतका बिषयमा नाटक मार्फत सन्देश मूलक बिषयमा बाल अधिकार समूहका पदाधिकारीहरुले नाटक मार्फत प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको अवलोकन गर्दै कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले वाल विवाहले स्वास्थ्य र शिक्षामा नरात्मक असर पार्दै आएको बताउनु भयो । वाल विवाह गर्नु अपराध हो वाल विवाह गर्ने गराउनेलाई कानुन छ । गाउँ समाजमा यस्ता घटनाहरु हुन लागेको थाहा पाएमा रोक्नुपर्ने बताउनु भयो । उच्च शिक्षा प्राप्त र परिपक्व उमेर भएपछि मात्र विवाह गरे छोरीहरुले बिभिन्न हिंसाहरु भोग्न नपर्ने बताउँनु भयो । वडाले वाल विवाह र लैििगंक हिंसा लगाएतका बिभिन्न अभियानहरु संचालन गर्दै आएको बताउनु भयो । यस्ता खाल्का अभियानहरु संचालनका लागि वडाको साथ सहयोग रहने छ । समाजमा बढ्दो वाल विवाह सम्बन्धि सन्देश मूलक सडक नाटक प्रस्तुत गर्नु समय सान्दर्भिक भएको वडा अध्यक्ष गैरेले बताउनु भयो ।
यस्तै इन्सेक मानार्थ सदस्य रुकैया खातुनले आजका बालबालिका भविष्यका कर्णधार भएको हुँदा बालबालिकामा लगानी लगाउन सके पछुताउन नपर्ने बताउनु भयो । नाटकको अवलोकन गर्दै बिद्यालयका बालबालिकारुले समुदायस्तरमा सम्म पुगेर नागरिकलाई सचेत बनाउनु महत्वपूर्ण बिषय भएको बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार लुम्बिनी प्रदेश संजाल संयोजक पुष्पा रेग्मीले बालवालिकाहरुले प्रदर्शन गरेको सन्देश मुलक सहितको नाटकले वाल विवाह गर्नु हुँदैन भन्ने सन्देश दिएको बताउनु भयो । परिपक्व उमेर नभई गरिने विवाहले अकालमा नै ज्यान जान सक्ने जोखिम भएको हुँदा शिक्षा र स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभयो । हरेक आमाबुवाले शिक्षामा लगानी लगाए बिभिन्न हिंसाहरु महिला बालबालिकाले भोग्न नपर्ने रेग्मीको भनाई छ ।
यस्तै बाल संरक्षक शिक्षक बिकास कुमार बञ्जाडेले सडक नाटकको सहजीकरण गर्दै बाल बालिकाको नेतृत्व विकास ,क्षमता अभिवृद्धिसँगै बिद्यालय र समूदायमा हुने बिभिन्न हिंसामा सचेनता जगाउन सडक नाटक प्रभावकारी भएको बताउनु भयो ।


बाल अधिकार चेतना समूहका अध्यक्ष स्नेहा कान्दुले समूहद्वारा बाल विवाह , जातिय विभेद, शिक्षा, स्वास्थ्य , लैंगिक विभेद , दाईजो , मानव बेचबिखन तथा ओसारपसार , वातावरण लगायतका बिषयमा अभियान सञ्चालन गर्दै आएको बताउनु भयो । इन्सेकले गरेको सहयोगबाट विभिन्न सचेतीकरणका चेतना मूलक अभियानहरु संचालन गर्दै आएको र बिद्यालय गाउँ समाजमा बढ्दै गएको वाल विवाह र लैंगिंक हिंसाका बढ्दो घटनाहरुलाई न्यूनिकरण गर्न शिक्षालाई प्राथमिकता दिनुपर्ने कान्दुले बताउनु भयो ।
सडक नाटक बाल अधिकार चेतना समूहका अध्यक्ष स्नेहा कान्दुको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि , बिद्यालयका शिक्षकहरु , संचारकर्मी , बाल अधिकार चेतना समूहका सदस्यहरु , बिद्यार्थीहरु स्थानिय समाजसेवी बुद्धिजिवीहरु लगाएतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित