Rashtriya Dainik

पर्साको कालिकामाई गाउँपालिकामा दादुरा- रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण

राजन कुमार बानिया /पर्सा, २४ फागुन

पर्साको कालिकामाई गाउँपालिकामा दादुरा- रुबेला खोप अभियान २०८०/८१ सम्बन्धि अभिमुखीकरण कार्यक्रम अाज सम्पन्न भएको छ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले दादुरा- रुबेला खोप अभियान २०८०/०८१ बारे कार्यक्रमलाई जाकारी गराउनु भएको छ।

दादुर- रुबेला खोप ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप चलाउने सकिन्छ।

उहाले जुन बालबालिकाहरु ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरु डि.पि.टी,बि.सि.जी. र पि.सि.भि खोप लिन छुटिएका बालबालिकाहरुलाई दिन मिलने उहाले दादुरा- रुबेला खोप कालिकामाई गाउँपालिका भरी फाल्गुन २७ गते देखि ९ दिन सम्म खोप चलने जनकारी गराउनु भएको छ।

अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य प्रमुख चौरसियाले जनप्रतिनिधि ,अबिभावक र कर्मचारीहरुले यो महान कार्यमा आ आफ्ना ठाउँबाट सहयोग गरिदिन आग्रह समेत गर्नु भएको थियो।

पहिलो चोटिको अभियानमा जनचेतना र प्रचार प्रसार का कमी ले १३% प्रचिशत बालबालिका खोप लिनबाट छुटेकोले यसपाली सम्पुर्ण बालबालिकाले खोप लिने बताएका छन।यश पाली कालिका माई गाउँपालिकाको पाँच वडाका १० हजार ३ सय ५५ जना बालबालिकाहरुले खोप लिने बताए ।

अभिमुखकरण कार्यक्रम गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्ष्ातामा सम्पन्न भएको छ। कार्यक्रम मा उपाध्यक्ष श्रीमाती राजमती देबी वडाअध्यक्ष सोनालाल चौरसिया, लालबाबु बरै, जयनारायण प्रसाद, नेपाली काँग्रेसका नेता राधा कुष्ण चौरसिया, स्वास्थ्यकर्मी महेन्द्र चौरसिया कार्यपालिका सदस्य स्वास्थ्यकर्मी,जनप्रतिनि ,कर्मचारी,पत्रकार लगायतको सहभागीता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित