Rashtriya Dainik

सरावलकाे अत्रहटीमा २५ गते महाशिवरात्री मेलामा ख्यातिप्राप्त गायक देखि माेडल समेत आउदै

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको वडा नं २ अत्रहाटीमा ५० औं महाशिवरात्री मेला स्वर्ण महोत्सवमा ख्यातिप्राप्त गायक देखि माेडल समेत आउने भएका छन ।

सरावल गाउँपालिका २ अत्रहाटीमा अवस्थित रहेको ढेड सय बर्ष पुरानो शिव मन्दिर स्वर्ण जयन्ती महोत्सवमा भाेलि २५ गते शुक्रबार नेपाल र भारतका ख्यातिप्राप्त गायक देखि माेडल समेत आउने आयाेजकले जानकारी दिइएको हाे।

मेलाको दाेस्राे दिन भोली फागुन २५ गते भोजपुरी क्षेत्रकै चर्चित गायक , अभिनेता राजा भाेजपुरीया , भाेजपुरी अभिनेत्री शिवांगी शाहु , बहुचर्चित ख्यातिप्राप्त थारु गायक सरगम चाैधरी ,गायिका वर्षा श्रेष्ठ , माेडल तथा अभिनेत्री डाेली गुप्ता , नेपाली ख्यातिप्राप्त माेडल सुशिला कार्की , माेडल रितु चाैधरी , माेडल बिना धिताल ,लाडली चाैधरी लगाएत थुप्रै कलाकार आफ्नो प्रस्तुतिका लागि आउने आयाेजकले जानकारी दिइएको छ।

सांस्कृतिक कार्यक्रमकाे सन्चालन बहुचर्चित कार्यक्रम प्रस्ताेता उमेश बि.कले गर्ने आयाेजकले जानकारी दिइएको हाे।

५० औं महाशिवरात्री मेला स्वर्ण महोत्सव फाल्गुन २७ गतेसम्म चल्ने सरावल गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष सम्भु प्रसाद चौधरीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित