Rashtriya Dainik

नवलपरासीको पाल्हीनन्दनमा ५३ जना महिला सम्मानित

रंजीत शर्मा/ नवलपरासी, २४ फाल्गुन।

पश्चिम नवलपरासीको पाल्हीनन्दनका ५३ जना महिलाहरुलाई आज एक कार्यक्रम बीच सम्मान गरिएको छ। समुदायका स्वास्थ्य क्षेत्रमा कार्यरत महिलाहरुलाई सम्मान गरिएको पाल्हिनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिएका छन् ।

गाउँपालिकाका ६ वटै वडाका आमा समूहका अध्यक्ष तथा योगदान गर्ने सदस्यहरुलाई सम्मान गरिएको हो ।
११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरुलाई सम्मान गरिएको महिला बालबालिका,अपाङ्ग तथा जेष्ठ नागरिक शाखा प्रमूख सुमन गुप्ताले जानकारी दिनुभयो। पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी(सकिना)को अध्यक्षता र गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक)को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।   

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले स्वागत तथा वडा नं. २ का अध्यक्ष जगदिशप्रसाद गुप्ता,वडा नं.३ का अध्यक्ष गोधनप्रसाद हरिजन, कार्यपालिका सदस्य अनिता सहानी आमासमूहको प्रतिनिधित्व गर्दै रिना गौंड लगायतले शुभकामना व्यक्त राख्नु भएका थिए भने कार्यक्रम संचालन रंजीत शर्माले गरेका थिए।

त्यस्तै पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ गेर्मीमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बिना दाइजो विवाह गर्ने ४ जोडि र चालु आर्थिक वर्षमा उत्कृष्ट ९ जोडि गरी समाजमा सकारात्मक भूमिका खेलेका १३ जोडिलाई सम्मान गरिएको सुनवल सामुदायिक विकास केन्द्रका सामाजिक परिचालक अशोक गुप्ताले जानकारी दिए।

कार्यक्रम वडा नं. ५ का अध्यक्ष दयाशंकर त्रिपाठीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले महिलाहरु आफ्नो हक र अधिकारका लागि सचेत भइ अग्रसर हुने तथा हिँसा सहेर न बस्न तथा यस्तो अवस्थामा प्रहरी कार्यालय तथा गाउँपालिकामा खबर आग्रह समेत गरेका थिए । 

कार्यक्रममा गाउँपालिकाले विभिन्न क्षेत्रमा कार्यक्षेत्र बनाएर काम गर्ने दर्जन वढी संस्थाहरुलाई प्रसंशा पत्र प्रदान गरेको थियो । कार्यक्रमा शान्तिको कामना गर्दै २५० वटा व्यालुन उडाइएको थियो। सो अवसरमा आफन्त नेपालकी विपना सुनार,सुनवल सामुदायिक विकास केन्द्रकी परियोजना संयोजक ज्योतीसिंह राय,सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम लगायतले अन्तराष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित