उमेश बि.क / नवलपरासी ,२३ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको वडा नं २ अत्रहाटीमा ५० औं महाशिवरात्री मेला स्वर्ण महोत्सव सुरु भएको छ।
सरावल गाउँपालिका २ अत्रहाटीमा अवस्थित रहेको ढेड सय बर्ष पुरानो शिव मन्दिर स्वर्ण जयन्ती महोत्सव आज एक कार्यक्रम बिच उदघाटन गरिएको हाे।

शिव मन्दिर परिसरमा मेला व्यवस्थापन समितीका अध्यक्ष देवनन्द चौधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता एवं पालिका उपाध्यक्ष बासमति हरिजनकाे बिशिस्ट आतिथ्यतामा मेला उदघाटन गरिएको हाे।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले ५० औं महाशिवरात्री मेला स्वर्ण महोत्सवकाे स्तम्भ उदघाटन समेत गर्नुभएको हाे।

चार दिन सम्म लाग्ने मेला आज उदघाटन गर्दै अध्यक्ष चाैधरीले मन्दिर संरक्षण र पोखरीको साैन्दरिकरणका लागि पालिकाले विशेष ध्यान दिइएको बताउनुभयो । वहाँले पालिकाले भौतीक पूर्वाधार निमार्ण संगै सरावलको भौगोलि सम्पदा भाषा कला सांस्कृतिक जार्गेना गर्न लागि परेको बताउनुभयो ।
त्यस्तै सरावल २ का वडाअध्यक्ष शम्भु प्रसाद चौधरीले शिव मन्दिर १९३७ निमार्ण गरिएको र महाशिवरात्री दिनमा मन्दिरमा २०१९ साल देखी मेलाको आयोजना गरिदै आएको यस नवलपरासी जिल्लाको महाशिवरात्री ठूलो मेला लाग्दै आएको बताउनुभयो ।

त्यस्तै मेलाको मुख्या आकर्षण रुपमा भलिबल र कबडी प्रतियोगिता स्थानिय कला साँस्कृति थारु झम्टा नाचा सहित राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुकाे बेजाेड प्रस्तुति रहने आयाेजकले बताएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

