उमेश बि.क / नवलपरासी , २३ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले ११० जना महिलाहरूलाई सम्मान गरेको छ।
११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सरावल गाउँपालिकाकाे आयाेजना तथा पालिका स्तरीय महिला सन्जालकाे समन्वयमा ११० जना महिलाहरूलाई सम्मान गरिएको हाे।

सरावल गाउँपालिकाको सातवटै वडाका अति विपन्न तथा असहाय ११० जना महिलाहरुलाई सम्मान गरिएको हाे। सरावल वडा नम्बर १ देखि ७ सम्मका महिलाहरुलाई चमनपरास ,झुल , साल र मह लगाएतकाे सामाग्री हस्तान्तरण गरिएको हाे।

सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चौधरीले महिलाहरूको लघु उद्धम तथा व्यवसायकरण, नेतृत्वको विकास गरि अगाडि बढाउने किसिमका कार्यक्रमहरू गाउँपालिकाले गर्दै आएको बताउनुभयो । महिलाहरूको उत्थानका लागि अझ राम्रो कार्यक्रम ल्याउने भावी योजना रहेको वहाँले बताउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत विशाल मिश्रा, गाउपालिका पुर्व उपाध्यक्ष उत्तमा राय, वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी ,वडा नम्बर ५ निवर्तमान वडा अध्यक्ष दिनेश सहानी , वडा नम्बर ६ निवर्तमान वडा अध्यक्ष कैलास यादव ,समाजसेवी इन्द्रकमल यादव लगाएतले नारी दिवसको अवसरमा शुभकाकना दिनु भएको थियो ।

११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा प्रथम , द्धतिय र तृतीय हुने समुहलाई प्रमाणपत्र सहित विशेष पुरस्कार प्रदान गरिएको थियोे ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

