राष्ट्रिय दैनिक/ नवलपरासी ,२४ फागुन /
पश्चिम नवलपरासीको प्रहरीले आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने एक जना ब्यक्तिलाई पक्राउ गरेको छ ।
रुपन्देहीको रोहिणी घर भई तीन वर्षदेखि नवलपरासीको बर्दघाट नगरपालिका -१४ गंगाबस्ती बस्दै आएका शिवनारायण सिंह पक्राउ परेका हुन् ।
तान्त्रिक र झारफुक गर्ने शिव नारायण सिंहलाई प्रहरीले सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले सिंहको घर खान तलासी गर्दा सिंहले आफ्नै मृत्यु दर्ताको सरकारी कागज बनाएको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताउनु भयो ।
मृत्यु दर्ता गरेर आफूलाई भगवान् भन्दै मेरो पुनर्जन्म भएको भन्दै सर्वसाधारणलाई ठगेको पाइयो इन्स्पेक्टर पन्थीले बताए ।
सिंहको साथबाट रोहिणी गाउँपालिका-४ को कार्यालयको रबर स्ट्याम्व,वडाध्यक्षको छाप र आफ्नै सदगद गरेको पुर्जी र नागरिकता बरामद गरेको छ । प्रहरीले सरकारी कागजात किर्ते अभियोगमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

