आरपि उपाध्याय / नवलपरासी ,२३ फाल्गुन
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पताल परासीका प्रसुती वार्डमा लत्ताकपडा र खाद्यान्न वितरण गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय बुटवल,जिल्ला ट्राफिक कार्यालय (ब.स.प.) को सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो।

सो अवसरमा पृथ्वीचन्द्र अस्पतालको प्रसुती वार्डमा रहेका १५ को सङ्ख्याका महिलाहरुलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी सहसचिव सरीता अधिकारीको नेतृत्वमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको जिल्ला ट्राफिक कार्यालय पश्चिमका निरीक्षक राजु खत्रीले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

