आरपि उपाध्याय / नवलपरासी ,२३ फाल्गुन
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका बनकट्टी आमा समुहको आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस एवं सम्मान कार्यक्रम विनयी त्रिवेणी ७ को शिवपुरगढीमा बुधबार सम्पन्न भएको छ।
आमा समुहकी अध्यक्ष इश्वरी रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएकी विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैधवारले सिपमुलक तालिमहरुको माध्यमबाट महिलाहरुले आत्मनिर्भर तथा नतिजामुखी कार्यलाई बढी महत्व दिनुपर्ने कुरा बताउनुभयो।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था विनयी त्रिवेणी ७ की प्रबन्धक सरीता शर्मा, हिंसामुक्त समाज निर्माण अभियान विनयी त्रिवेणी ७ को अध्यक्ष भागिरथा थापा, राधा कार्की, सुमित्रा आचार्य लगायतले अन्तर्राष्ट्रिय महिला दिवसको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो।

सो अवसरमा प्रशिक्षक द्वय शान्ती बि.क. र रामजी प्रसाद ढुंगानाले सामाजिक र कानुनी क्षेत्रमा महिलाको पहुँच र उत्तरदायित्व बारे प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रममा विनयी त्रिवेणी ७ का १५ महिला अपाङ्गहरुलाई सम्मान सहित कदरपत्र प्रदान गरिएको कार्यक्रम सञ्चालक शोभा क्षेत्रीले जानकारी दिनुभएको छ।
सो अवसरमा १५० को सङ्ख्यामा महिलाहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

