Rashtriya Dainik

बाल अधिकार चेतना समूहको आयोजनामा दाईजो प्रथा बिरुद्ध सम्बन्धी सडक नाटक

सुनिल आचार्य /कपिलवस्तु ,फागुन २३

मायाँदेवी गाउँपालिका– ५ स्थित श्री जनता मावि बलुहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह मायाँदेवीको आयोजना , वडा नं ५ को वडा कार्यालयको समन्वय तथा इन्सेकको सहयोगमा दाईजो प्रथा बिरुद्ध सम्बन्धि सडक नाटक फागुन २२ गते मायाँदेवी ५ बलुहवामा सम्पन्न गरिएको छ ।


नाटकमा छोरी लाई दाईजो होईन शिक्षा देऊ भन्ने नारा सहित नाटक प्रदर्शन गर्दै छोरीलाई शिक्षा दिए बिभिन्न हिंसाहरु भोग्न नपर्ने , छोरीलाई दाईजो होईन शिक्षा दिंउ , छोरीलाई शिक्षामा बलियो बनाउन सके आफ्नो खुट्टामा आफै उभिन सक्ने छन् , छोरी शिक्षामा बलियो भए बिभिन्न घरेलु हिंसाको बहाना बनाएर घर निकाला हुने छैनन् जस्ता समस्याहरुलाई न्यूनिकरण गर्न सबैले हातेमालो गरौं र छोरीलाई उचच शिक्षा दिई सक्षम बनाउँ लगायतका संदेश मूलक बिषयहरु नाटकमा समावेश गरि प्रस्तुत गरिएको थियो ।


सो अवसरमा बिद्यालयका प्रधानाध्यापक राम निवास चौहानले दाईजोको कारण छोरीचेलीहरुले धेरै हिंसा भोग्नु परेको छ । समाज परिवर्तनका लागि शिक्षा , स्वास्थ्य , वातावरण , छुवाछुत लगाएतका अभियान सञ्चालन गर्दै आएको इन्सेकले विभिन्न सञ्जालहरू गठन गर्दै समाजलाई सचेतीकरण गर्नु आफैमा महत्वपूर्ण भएको बताउनु भयो । इन्सेकको सहयोग र सहकार्यबाट बालबालिकाहरुलाई थप सिकाई भएको र बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्दा बालबालिकाहरुमा क्षमता बृद्धि हुनु नै मुख्य उपलब्धि भएको बताउनु भयो ।


यस्तै बाल संरक्षक शिक्षक बाल किसुन चौधरीले सडक नाटकको सहजीकरण गर्दै दाईजो प्रथाको जरो गाउँ समाजमा गहिरो रुपमा रहेको हुँदा यसलाई न्यूनिकरण गर्न आम सरोकारवालाहरु लाग्न जरुरी भएको बताउनु भयो ।
सडक नाटक बाल अधिकार चेतना समूहका अध्यक्ष सन्तोष कुमार यादवको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । कार्यक्रममा वडा प्रतिनिधि , इन्सेक प्रतिनिधि , बिद्यालयका शिक्षकहरु , संचारकर्मी , बाल अधिकार चेतना समूहका सदस्यहरु , बिद्यार्थीहरु स्थानिय समाजसेवी बुद्धिजिवीहरु लगाएतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित