सुनिल आचार्य ,कपिलवस्त/ फागुन २२
सवारी दुर्घटनालाई न्यूनिकरण गर्न कपिलवस्तु नगरपालिकाले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई १२ वटा व्यारीकेट हस्तान्तरण गरेको छ । नगर प्रमुख सुदिप पौडेलले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवरत्न पौडेलाई हस्तान्तरण गर्नु भएको हो । पछिल्लो समयमा दुर्घटना दिनहु बढ्दै गएपछि जिल्ला प्रहरी प्रमुखको समन्वयमा कपिलवस्तु नगरपालिकाले व्यारीकेट बनाएर हस्तान्तरण गरेको हो । आगामी दिनमा सवारी दुर्घटनाका घटनाहरु न्यूनिकरण हुने छन् यसैको लागि नगरपालिकाले सहयोग गरेको मेयर पौडेलले जानकारी दिनु भयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले अत्याधिक बढ्दो दुर्घटनालाई न्यूनिकरण गर्न बिभिन्न सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आएता पनि दुर्घटना न्यूनिकरण हुन नसकेको बताउनु भयो । ब्यारीकेटबाट पनि व्याकराउण्डका घटनाहरुलाई नियन्त्ररण गर्न र सवारी दुर्घटनालाई केही न्यूनिकरण गर्न सकिने उहाँले बताउनु भयो ।
कपिलवस्तु नगरपालिकाको सहकार्यमा उपलब्ध भएको ब्यारीकेटले आगामी दिनमा सवारी दुर्घटना न्यूनिकरण गर्न अवश्य सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । सवारी दुर्घटना न्यूनिकरण गर्न संचारकर्मीहरुले बिभिन्न सचेतना मूलक सूचनाहरु प्रचारप्रसार गर्न समेत प्रजिअले आग्रह गर्नुभयो ।
सवारी दुर्घटना एकदमै बढ्दै गएको पछि यसलाई न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले योजना बनाएको थियो । नयाँ प्रदेश प्रहरी प्रमुख आए पछि नव प्रर्वद्धानात्मक कार्यक्रमहरु अन्तरगत सवारी दुर्घटना न्यूनिकरण गर्ने ट्राफिक प्रहरी , जिल्ला प्रहरी र स्थानिय निकायको सहकार्यमा कार्यक्रम गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनु भयो ।
कपिलवस्तु नगरपालिका र मायाँदेवी गाउँपालिकासंग समन्वय गरेर १८ वटा व्यारीकेट र बिभिन्न सचेतना मूलक र रातीको समयमा रिफ्ल्याक्ट होस भन्ने उद्देश्यले फ्लाक्स प्रिन्ट सहित व्यारीकेडहरु बनाएको बताउनु भयो । यो सडकको छेउँ र जहाँ बढी दुर्घटना हुन्छ त्यस ठाउँमा राखिने बताउनु भयो । हाल सम्म २४ वटा व्यारीकेट बनाईएको छ । जसमा पञ्चकन्या गु्रप भैरहवाले ६ वटा सौजन्य गरेको थियो ।
यस बर्षको साउन देखि फागुन २० गते सम्म सवारी दुर्घटना संख्या ४ सय ६८ भएका छन् । जसमा ४७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । घाईते ७ सय ९८ जना भएका छन् भने फागुन २० गते सम्मको तथ्यांक अनुसार ५ सय २४ वटा सवारी साधन दुर्घटना भएको प्रहरी उपरीक्षक पौडेलले बताउनु भयो । आठ महिनामा ट्रापिक प्रहरी कार्यालयले २२ हजार १ सय ५८ सवारी साधनलाई कारवाही गर्दा रु. १ करोड ८८ लाख ३७ हजार ५ सय रुपैंया राजस्व संकलन भएको छ । ट्राफिक चेकजाँचमा कडाई हुँदाहुँदै पनि दुर्घटना बढ्दै गएपछि सबै सवारी चालकहरु सचेत हुन आवश्यक छ । आम नागरिक , पैदलयात्री सबै सचेत हुनु जरुरी छ । दुर्घटना न्यूनिकरण प्रहरीले मात्र गरेर हुँदैन यसमा आम नागरिकको साथ सहयोग भए दुर्घटना अवश्य न्यूनिकरण हुने प्रहरी उपरीक्षक पौडेलको भनाई छ ।

दुर्घटना बढी हुनुमा सवारी चालकको लापरवाही हुनु, पैदल यात्रीहरुले सतरकता नअपनाउँनु नै दुर्घटना बढी हुनुका मुख्य कारण हुन् । सवारी दुर्घटनाको न्यूनीकरण गर्न जिल्लाको सातवटा ईलाकाको क्षेत्रहरुमा प्रहरी टोलिले सवारी साधनहरुको भिगरस चेकजाँच गर्दै आएको छ । सो अवसरमा सवारी चालकहरुलाई परार्शसमेत गर्दै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक पौडेलले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

