शुद्दोधन गाउपालिकाको आठौं गाउँ सभा सम्पन्न

तुलसी राम पौडेल /फर्साटिकर, माघ ८

रुपन्देहीको शुद्दोधन गाउ पालिकाको बुधबारदेखि शुरु भएको आठौं गाउँ सभा बिहीबार सम्पन्न भएको छ।
शुद्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीले बुधबार उक्त गाउँ सभाको उदघाटन गर्नु भएको हो ।सो अवसरमा बोल्दै उहाले शुद्दोधन गाउपालिकाको विकासको गतिलाई तीब्र रूपमा अगाडि बढाउन जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनु भयो ।
गाउँ सभामा गाउपालिका उपाध्यक्ष एवं न्याय समिति संयोजक शान्ता ज्ञवालिले न्याय समिति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसै गरि वाड नम्बर २ का वडा अध्यक्ष एवं वातावरण तथा विपत्ति समिति संयोजक बिष्णु प्रसाद बस्यालबाट वातावरण समितिको प्रतिवेदन, गाउपालिका प्रबक्ता एव सामाजिक तथा शिक्षा समिति संयोजक राजेन्द्र कंडेलबाट सामाजिक तथा शिक्षा समितिको प्रतिबेदन प्रस्तुत भएको थियो ।
गाउँ सभामा लेखा समिति संयोजक कमल खड्काले प्रस्तुत गर्नुभएको सार्वजनिक लेखासमितिको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७/०७८मा विनियोजन भएको सातवटै वडा तथा गाउपालिकाको चालुतर्फको कुल बजेट अनुमान २७ करोड ९० लाख ९६ हजारमध्य हालसम्म खर्च ७ करोड ७० लाख ४५ हजार दुई सय सन्तानब्बे रुपैयाँ ७० पैसा अर्थात १६.२२ प्रतिशत रहेको छ।

गाउँ सभामा वडा नम्बर ५ का वडा अध्यक्ष एवं गाउँ सभा विधायक समिति संयोजक पुण्यराम गौतमले विभिन्न विधेयकहरु प्रस्तुत गर्नुभएको थियो जुन गाउँ सभामा पारित गर्नको लागि गाउँ पालिका अध्यक्ष किसुनचन्द चौधरीले गर्नुभएको प्रस्तावलाई गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए।
गाउपालिकाका गतिविधि एव प्रस्तुत भएका विधेयकहरु प्रती वडा सदस्यहरु उमाकान्त चापगाइ र मणिप्रसाद खनालले सुझावहरु दिनुभएको थियो ।
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले गाउपालिको सडक मानवमुक्त घोषणा गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा वाड नम्बर १ का वडा अध्यक्ष उदयराज गडेरिया ,वडा सदस्यहरु णमकुमारी पङ्गेनी ,चन्द्रभान चौधरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot