Rashtriya Dainik

हिन्दु धर्म र संस्कृतिकलाई जोगाउन आ,आफ्नो ठाउँबाट संरक्षण गरौं,प्रदेश मन्त्री:रमेश कुर्मी

बिरगंज २२ फागुन । हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजद्वारा आयोजना गरेको स्वामी बिबेकानन्द संस्कृतिक तथा ज्ञान परीक्षा कार्यक्रम बिरगंजको आर्दशनगर स्थित पुरानो बसपार्कमा सम्पन्न भएको छ ।

बिरगंज स्थित पुरानो बसपार्कमा नेपाल हिन्दु धर्म संस्कृतिक जोगाउन हिन्दु स्वयंसेवक संघले अहिले प्रशंसा योग कार्य गरिरहेको कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका बन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले बताउनु भएको छ। उहाँले भने आफ्नो परामपराकाल देखि बाजे बुवाले मान्दै आइरहेको धर्म प्रति संरक्षण गर्न यो ज्ञानले धेरै सहयोग गर्ने बताए ।

प्रदेश मन्त्र कुर्मीले यस्ता कार्यक्रमहरु सबै प्रदेशले गर्नुपर्ने धारणा राख्दै आफुले सरकारलाई दबाब दिने बताएका छन्।विद्यार्थीहरुले यो ज्ञान प्रति भाग लिएकोमा निश्चित रुपले अहिले धेरै परिवर्तन भइरहेको बेला आफ्नो धर्म संरक्षण गर्न ठूलो मद्दत पुग्ने मन्त्री कुर्मीको भनाइ रहेको छ । उनलेे भने हाम्रो पुर्खाले अर्जेको धर्म प्रति आफू पनि सधैं लागि रहने र सबै हिन्दु धर्म जोगाउन लाग्न अपिल समेत गरेका छन् ।

हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजद्वारा आयोजना गरेको स्वामी बिबेकानन्द संस्कृतिक तथा ज्ञान परीक्षा कार्यक्रम निजी तथा सामुदायिक बिधालयका ५८ वटा रहेकोमा उक्त परिक्षामा २३ सय विद्यार्थीहरुले भाग लिएका थिए।

हिन्दु स्वंमसेवक संघले हाम्रो देश को संस्कार सांस्कृति धर्म को बिषय नैतिक सिक्षा र सांस्कृति सिक्षा हट्यो र त्यस सिक्षा लाई परिपूर्ति गर्न उदेश्य को साथ हिन्दु स्वंमसेवक संघ पर्सा ले आयोजना गरेको गरेको हो ।यो अभियान देशभर लागू गर्ने उदेश्य रहेको संयोजक कर्णले बताएका छन् ।

उक्त कार्यक्रममा प्रमुख बक्ता हिन्दु स्वंमसेवक संघका बिभाग संघचालक ललन दिवेदी,जिल्ला संघ संघचालक माधव राजपाल,हिन्दु स्वयंसेवकका संघका जिल्ला कार्यवाह कृष्ण चौरसियाले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित