संजय कुशवाहा / नवलपरासी २२ फागुन
पश्चिम नवलपरासीमा १ लाख ५० हजार मूल्य बराबरको अवैध प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ ।
मंगलबार सुस्ता गाउँपालिका वडा न.५ बनकट्टी बस्ने अमरनाथ यादवको घर भित्र भन्सार छली ल्याएको अवैध प्याज लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नं २६ हे.क्वा नवलपरासीका सशस्त्र प्रहरी नायव उपरीक्षक मान बहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले प्याज बरामद लिएको हो ।
गोप्य सूचनाको आधारमा यादवको घर खानतलासी गर्दा ६७ बोरा प्याज अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरीले जनाइको छ ।
उक्त बरामद गरेको प्याज आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

