Rashtriya Dainik

नेपाल भारतको सम्बन्ध मजबुत पार्दै कँडेल

अनिल बनिया/ नवलपरासी ,२३ फागुन

छिमेकी राष्ट्र भारतको ठुठीबारीमा पूर्व गृह राज्यमन्त्री एवं संघिय सदस्य देवेन्द्रराज कँडेल र भारत महाराजगञ्ज जिल्लाका एसएसबीका सेकेन्ड कमाण्डिङ अफिसर वासुपल्ली भोगराजुले ठुठीबारीमा रहेको २२ औं गण एसएसबी बीओपी क्याम्प कार्यालयमा संयुक्त रुपमा भेटघाट गरेका छन् ।

नेपाल-भारत अन्तर्राष्ट्रिय सिमाना-सीमामा शान्ति सुरक्षाको प्रबन्धलाई ध्यानमा राख्दै दुवै देशका अधिकारीलाई आपसी समन्वय कायम गर्न र सीमामा हुने हरेक गतिविधिको राम्रोसँग अनुगमन गर्न आग्रह गरिएको थियो ।

प्राप्त जानकारी अनुसार सीमामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सोमबार छिमेकी मुलुक नेपालका पूर्वगृह राज्यमन्त्री तथा संघका सदस्य देवेन्द्रराज कँडेल र महाराजगञ्ज एसएसबीका सेकेन्ड कमाण्डिङ अफिसर वासुपल्ली भोगराजुले संयुक्त रुपमा बैठक गरेका हुन् ।

विओपी शिविर कार्यालय उक्त बैठकमा आम नागरिकको आवतजावत र सीमामा शान्ति सुरक्षाको प्रबन्धलाई दृष्टिगत गरी दुवै देशका अधिकारीले आपसी समन्वय कायम गरी सीमामा हुने हरेक गतिविधिको राम्रोसँग अनुगमन गर्नुपर्ने बताए ।

नेपाल र भारतविच रोटी बेटी सम्बन्ध पनि प्रचलित छ । नेपाल-भारत सीमा खुला भएकाले दुवै देशका आम नागरिक दैनिक अत्यावश्यक वस्तु खरिदका लागि भारतीय सीमा क्षेत्रतर्फ जाने गरेका छन्, भने त्यसैगरी भारतीय नागरिक पनि नेपालतर्फ आउने गरेका छन् ।

यति मात्र होइन,सीमावर्ती क्षेत्रका केही मानिसहरु पनि छन् जसको खेतीपाती,घरायसी र व्यापार दुवै देशमा हुने गरेको छ । यसले गर्दा पनि दुवै देशका सम्बन्ध पनि कायम राख्ने गरिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित