नवलपरासी , २२ फागुन ।
पश्चिम नवलपरासीको परासीमा जारी नवलपरासी औद्योगिक व्यापार मेलामा फागुन २२ कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ।
मेलाको आकर्षण बढाउन नेपाल र भारतका प्रसिद्ध पहलमानहरुको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा जारी छैठौं नवलपरासी औद्योगिक व्यापार मेलामा तराई मधेसको पहिचान र संस्कृतिसँग जोडिएको कुस्ती खेलप्रति आकर्षण बढाउन र मेलामा आउने दर्शकको उत्साह बढाउन कुस्ती प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाल र भारतका चर्चित कुस्तीवाजहरुको सहभागिता रहनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

