Rashtriya Dainik

शहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम सम्पन्न

नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले शहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम बर्दघाट–२ चिसापानीमा शनिवार सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले शहिदको सपना बुर्जवा गणतन्त्र मात्र नभएकोले शहिदको बलिदानीलाई खेर जान नदिन पार्टीले संर्घष उठान गर्ने बताउनुभयो ।

उहाँले पार्टीले ल्याएको कार्यनीतिलाई जनता सम्म लैजानका लागि पार्टी लागि परेको उल्लेख गर्नुभयो । पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले संसदीय सत्ता र ब्यवस्थालाई ध्वस्त पार्दै नयाँ जनवादी तथा बैज्ञानिक समाजवादी ब्यवस्था ल्याउने तयारीका साथ पार्टी अगाडि बढेको चर्चा गर्दै क्रान्तिकारीहरुको एकता र धुब्रीकरणमा पार्टीले पहल लिइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक गणेश बहादुर ढकाल, अखिल नेपाल क्रान्तिकारी जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य जयफुल्लाह हसन , शहिद तथा बेपत्ता परिवार समाजको तर्फबाट उर्मिला थापा, जनप्रतिनिधि अम्बिका सुवेदीले शहिदका सपना पुरा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित