आरपि उपाध्याय / नवलपरासी ,२१ फाल्गुन
सशस्त्र प्रहरी बल नेपाल २६ न. गण पश्चिम नवलपरासीले गए राति सुस्ताबाट ठूलो परिमाणमा चिनी र केराउ बरामद गरेको छ।
पश्चिम नवलपरासीको सुस्ता १ बरुवामा अवैध रुपमा भण्डार गरि लुकाइ राखेको अवस्थामा चिनी र केराउ बरामद गरिएको २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभएको छ।
गणपती वाग्लेको नेतृत्वमा निस्केको सशस्त्र प्रहरी बलको गस्ती टोलीले बरुवाको एक गोदाममा छापा मार्दा चिनी र केराउ बरामद गरिएको थियो।
बरामद गरिएको सामाग्रीलाई आवश्यक प्रक्रिया पुर्याइ मङ्गलबार महेशपुर भन्सार पठाइने सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बलले बरामद गरेको चिनी र केराउको मूल्य करिब ३० लाख रहेको पनि बताइएको छ।

सुस्ता १ बरुवा आसपासकै इलाकामा अवैध सामाग्री लुकाइराखेको गोप्य सुचनाको आधारमा छापा मार्दा सो परिमाणको सामाग्री बरामद गरिएको पनि सशस्त्र प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

