Rashtriya Dainik

सातौं नगर स्तरिय मेयरकप क्रिकेट प्रतियोगिता शुरु हुने

सुनिल आचार्य /कपिलवस्तु ,फागुन २१

कपिलवस्तु नगरपालिकाको आयोजनामा सातौं नगर स्तरिय मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गते देखि शुरु हुने भएको छ । राष्ट्रको लागि खेलकुद देशको लागि खेलकुद भन्ने नारा सहित सातौं नगर स्तरिय मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ देखि फागुन २८ गते सम्म संचालन हुने पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

कपिलवस्तु नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत बार्षिक नीती तथा कार्यक्रममा नगरको खेलकुद नीतीको मुलमर्म र भावना अनुरुप यस क्षेत्रको खेलकुदको समुचित बिकास र बिस्तारका लागि खेल संचालन गरिने भएको हो ।

नव प्रतिभाहरुको खोजि पहिचान एवं संरक्षणको लागि क्रिकेट खेल प्रतियोगिताको आयोजना गरिएको कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले बताउनु भयो ।
खेलबाट राष्ट्र निर्माण र बिकासमा खेलाडीहरुको सकारात्मक भूमिकालाई सवल , सक्षम र प्रभावकारी बनाउन स्थानिय स्तरमै बिभिन्न खेलकुद प्रतियोगिता संचालन गरि उत्कृष्ट , अनुसाशित र सभ्य खेलाडीहरु तयार पार्ने , भबिष्यमा राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भई नगरको छवि उच्च बनाउन योगदान पुराउन सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको मेयर पौडेलले बताउनु भयो । फागुन २२ गते देखि २८ गते सम्म संचालन हुने सातौ नगर स्तरिय मेयर कप क्रिकेट प्रतियोगिताको अवलोकन गरि प्रचारप्रसार गर्न समेत संचारकर्मीहरुलाई मेयर पौडेलले आग्रह गर्नु भएको छ ।
सातौं नगर स्तरिय मेयर कप क्रिकेट प्रतियोगिता २०८० का लागि कुल लागत रकम रुं १४ लाख रुपैंया रहेको छ । खेलहरुमा क्रिकेट खेल टि–२० , नक आउट खेलाडीहरुको प्रोतसाहनका लागि प्रत्येक टिमलाई किड्स र जर्सी प्रदान गरिने छ । खेलमा प्रथम हुनेलाई नगर रु ५० हजार सहित मेडल , ट्रफी र प्रमाणपत्र र द्वीतीय हुनेले नगद रु ३० हजार सहित मेडल , ट्रफी र प्रमाणपत्र पाउने खेल संचालन तथा ब्यवस्थापन समतिका संयोजक तथा कपिलबस्तु नगरपालिका वडा ५ का वडा अध्यक्ष दिरेप कुमार चौधरीले बताउनु भयो ।

कपिलबस्तु नगरपालिका वडा ५ का अध्यक्ष , खेल संचालन तथा व्यवस्थापन समितीका संयोजक चौधरीले खेलको तयारी पुरा भैसकेको बताउनु भयो । सार्तौ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो खेल बिहान ७ बजे र दिनको खेल १ बजे देखि दोश्रो खेल शुरु हुने छ । खेल संचालन समितीमा मोहम्मद जाहिद खाँ , अशोक कुमार गुप्ता , रुद्र बहादुर गैरे (प्रकाश) सदस्य र सदस्य सचिव युवराज भुसाल रहेको खेल समितीका संयोजक चौधरीले बताउनु भयो । खेल बुद्ध पद्य माध्यमिक बिधालयको खेलमैदान तौलिहवामा हुने छ ।

खेलमा कपिलवस्तु नगरपालिकाको १२ वटै वडाका १२ टीम खेलाडीहरु हुने छन् । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल , नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष किरणमान बज्राचार्य र जिल्लाका क्रियासिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित