सुरेश यादव /नवलपरासी ,२१ फागुन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वढा नं १५ सुक्राैली र घिनहा जाेड्ने तुरिया खाेलाकाे पुल आज शिलान्यास तथा सार्वजनिक सुनवाई सम्पन्न भएकाे छ । रामग्राम १५ का वडा अध्यक्ष धनपत यादवकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारकाे प्रमुख आतिथ्यतामा पुलकाे शिलान्यास भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कलवारले रामग्राम नगर बासीकाे लागि लागिपरेकाे भन्दै पुल निर्माण भएपछि घिनहा गाउँ बासीलाई परासी र वडामा आवतजावतका लागि सजिलाे हुने उदेश्यले पुल निर्माण हुन लागेकाे बताउनुभयो ।

भ्याट सहित ११ कराेड ८८ लाख ५६ हजार ७३४ बराबरको रकममा निर्माण हुन लागेकाे उक्त पुलकाे ठेक्का श्री हिमाल/रिजाल जे.भी कन्ट्रक्सन रुपन्देहीले पाएकाे वडा अध्यक्ष यादवले जानकारी दिनुभयाे । गत असार २४ गते सम्झौता भई २०८२ असार २३ गते सम्पन्न हुने पुल आयाेजना कार्यन्वयन गर्ने सडक पुर्वाधार विकास कार्यालय रुपन्देहीका खेम आलेले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगाैती यादव(रुदल),नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गुणनिधी तिवारी,रामग्राम नगरपालिका का नगर प्रमुख धनपत यादव,नेपाली काङ्ग्रेसका जिल्ला कार्यवाहक सभापति बिक्रम प्रसाद यादव,वडा नं २ का वडा अध्यक्ष निरज राैनियार,४ का वडा अध्यक्ष मदन यादव,११ का वडा अध्यक्ष धनिराम यादव,१४ का वडा अध्यक्ष ओमप्रकाश यादव लगायतकाे उपस्थिति रहेकाे कार्यक्रम संचालक अनिल यादवले जानकारी दिनुभयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

