Rashtriya Dainik

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थी समुदायको बस्तुस्थिति पता लगाउन समुदायमा

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ फाल्गुन

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थीहरु समुदायको बस्तुस्थिति पता लगाउन समुदायमा आएका छन।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस रानिगाउ भैरहवामा अध्ययनरत विद्यार्थीहरु समुदायमा कमिनिटि हेल्थ डागाेनिसिस गर्दा फिल्ड भिजिटबाट समुदायको बस्तुस्थिति पता लगाउन समुदायमा आएका हुन।

२५ औं ब्याच mbbs 1st year group g का टिम लिडर अम्बिका जैसवालका अनुसार समुदायको जनसंख्या ,स्वास्थ्य ,राेग ,खानपिन , रहनसहन लगाएतकाे बस्तुस्थिति पता लगाउनका लागि समुदायमा आएको बताउनुभयो ।

सरावल गाउँपालिकामा वडा नम्बर १ देखि ७ सम्म १०० जनाकाे टाेलि रहेको टिम लिडर जैसवालले बताउनुभयो ।

सरावल ३ मा १५ जना रहेको बताउदै २२ दिनसम्म सबै टाेलि रहने वहाँले बताउनुभयो ।

टिम लिडर जैसवालकाे समुहमा टिम लिडर गुन्जन यादव,फिल्ड काेडिनेटर डा. सुधिर कुमार शाह , सुपरभाइजर रमेश शर्मा लगाएत रहनुभएकाे छ ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले साे टाेलि कार्यक्षेत्रमा भेटघाट गर्दै पालिकाबाट हुने सहयोग साथ दिने जानकारी गराउनुभएकाे थियो । विद्यार्थीहरुकाे बसाइँ , काम र गतिविधिबारे छलफल गर्दै अप्ठ्यारो परेको खण्डमा सहयोग साथकाे लागि सम्झिन आग्रह समेत गर्नुभएको हाे।समुदायको समस्या पहिचान गरि आएको समस्याबारे छलफल गर्न र रिपोर्ट बुझाउन निर्देश समेत दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित