Rashtriya Dainik

लुम्बिनी प्रदेशसभा सदस्य कलवारद्वारा प्रधानमन्त्री दहाललाई ध्यानाकर्षण पत्र

आरपि उपाध्याय / नवलपरासी ,२० फाल्गुन

लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारले प्रधानमन्त्री पुष्पकमल दहाललाई पश्चिम नवलपरासीका किसानहरुको तर्फबाट ध्यानाकर्षण पत्र प्रस्तुत गर्नुभएको छ।

दाङको देउखुरीमा लुम्बिनी प्रदेश सभालाई सम्बोधनको लागि आउनुभएको दहाललाई ध्यानाकर्षण पत्र बुझाइएको थियो।
प्रदेश सभा सदस्य कलवारले बुझाउनु भएको ध्यानाकर्षण पत्रमा पश्चिम नवलपरासी नेपालकै उर्वर जग्गा भएर पनि पिछडिएको हुँदा सो को निकासको लागि ध्यानाकर्षण पत्र बुझाइएको हो।

ध्यानाकर्षण पत्रमा प्रतापपुर र सुस्ता गाउँपालिकामा केरा उत्पादनलाई प्रोत्साहन गर्न सिमापार भारतबाट आउने केरालाई प्रतिबन्ध लगाउन माग गरिएको छ।

त्यसैगरी केरा खेतीको लागि अन्य बालीभन्दा १०/१२ गुणा बढी मलखादको खाचो पर्ने हुँदा विशेष कोटा यस भेगको लागि छुट्याउने माग गरिएको छ।

प्रस्तुत ध्यानाकर्षण पत्रमा कृषकले उत्पादन गरेको धानको समर्थन मूल्य प्रती क्युन्टल ४ हजार र गहुँको समर्थन मूल्य प्रती क्युन्टल ५ हजार रुपैयाँ निर्धारण गर्न माग गरिएको पत्रमा उल्लेख भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित