Rashtriya Dainik

मदारबाबा मेलामा जाँदै गरेको एक तिर्थालुको मृत्यु

आरपि उपाध्याय / नवलपरासी ,२० फाल्गुन

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मदार डाडामा लागिरहेको मदारबाबा मेलामा जाँदै गरेको एक तिर्थालुको लडेर उपचारको क्रममा मृत्यु भएको छ।

विनयी त्रिवेणी ६ प्रसैया गाउँबाट मदारबाबा मेला जान भनी पहाडको उकालो चढेका भारत युपि कुशिनगर जिल्ला नौरङ्गिया निवासी वर्ष ३८ का पंकज कुमार कुशवाहाको लडेर मृत्यु भएको नवलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभएको छ।

मेला भ्रमणका लागि आफ्ना परिवारका साथ मदार डाडा चढेका कुशवाहा लडेर बेहोस भएपछि मेला ड्युटीमा रहेका ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक पदम थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले घाइतेलाई बोकि स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराउदा उपचार हुन नसकी मध्यविन्दु जिल्ला अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
कुशवाहको मृत शरीरलाई मध्यविन्दु जिल्ला अस्पतालमै पोस्टमार्टमका लागि पठाइ आवश्यक कानुनी प्रक्रिया पूरा गरि अभिभावक उदयभान कुशवाहको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

मदारबाबा मेला फागुन १० गतेदेखि प्रारम्भ भइ फागुन २५ गतेसम्म सञ्चालन रहने श्री मदारबाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ का अध्यक्ष एकबाल अन्सारीले बताउनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित