नवलपरासी , २० फागुन ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा सिरते उम्मे हबिबा गुल्शनेरजा महिला कांफ्रेन्स (जलसा) सम्पन्न भएको छ । मुस्लिम समुदायकि महिलाहरुलाई धार्मिक तथा सामाजिक चेतना बढाउने उद्देश्यले उक्त कांफ्रेन्स गरिएको हो ।
मदरसाका अध्यक्ष तबरेज आलम खानको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा उक्त जलसा कांफ्रेन्स शनिवार सम्पन्न भएको मदरसाका अध्यक्ष तबरेज आलम खानले जानकारी दिनु भयो ।
गल्र्स कलेजको रुपमा रहेको बेलासपुरमा अवस्थित मदरसा जामिया उम्मेहबिबा गुल्शनेरजामा अध्ययनरत छात्राहरुले आफनो धार्मिक तर्फको फजिलत तथा आलमियत कोर्षको पढाई सकेपछि उक्त कांफ्रेन्समा १६ जना छात्रालाई फजिलत र ३८ जना छात्रालाई केरातको दस्तारबन्दी दिइएको अर्थात दिक्षित भएका हुन् । सो महिला कांफ्रेन्समा यि छात्राहरुलाई दिक्षित गर्ने र ईस्लामिक सन्देश आम जनतामा दिने उद्देश्यले यो कांफ्रेन्स (जलसा तथा दिक्षान्त) समारोह आयोजना गरिएको मदरसाका शिक्षक समशेर आलम अंसारीले बताउनु भयो । उक्त मदरसामा साधारण शिक्षा तर्फ कक्षा ७ र निस्वाँ अर्था गल्र्स कलेज तर्फ ईस्लाम धर्मको धार्मिक शिक्षा आलेमा कोर्ष सम्मको पठन पाठन हुदै आएको छ । बर्षेनी मदरसामा यसरी नै कांफ्रेन्स आयोजना गरि फजिलत र केरात पढेका छात्राहरुलाई दिक्षित गर्ने गरिदै आइएको शिक्षक अंसारीले जानकारी दिनु भयो ।
आयोजित कांफ्रेन्समा (जलसा) प्रमुख वक्ता आलेमा मुफ्तीया सबिना खातुन अमजदीले समुदायमा धार्मिक तथा सामाजिक सदभाव कायम राख्न, आफनो धर्मसंस्कृतिको संरक्षणमा एकजुट भई अगाडी बढन आग्रह गर्नु भयो । जलसा कार्यक्रममा ओलमा कनिज फातुमा, आलेमा राबिया बसरी लगायतले
समाजमा बढदो दहेज रोकथाम, शिक्षामा महिलाको पहुँच बढाउन र देशमा अमनचयनको कामना गर्नु भयो ।
जलसा कार्यक्रममा नेपाल भारतबाट गरि २ हजार बढि महिलाहरुको सहभागिता रहेको थियो । जलसा पाल्हीनन्दन गाउँपालिका वडा ३ बेलासपुर मदरसा नजिकको चौरमा भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

